Jilla Ban Notis

थरुहट थारुवान राष्ट्रिय मोर्चाका सरकार समक्ष १४ बुदेँ माग ।

0 34

कृष्ण ढकाल
बर्दघाट,फगुन–२०
थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दलाई सफल पार्न भन्दै नेपाल आदिवासी जनजाती महासंघ पश्चिम नवलपरासीले जिल्लाका विद्यालयहरुलाई पत्राचार गरेको छ । केन्द्रले दुई दिनको वन्द भनेपनि नवलपरासीले २० गेतमात्र विज्ञप्ती जारी गरी २१ गते एकदिन बन्द गरी सहयोग गर्न भन्दै विद्यालयहरुका छाता संगठनहरुलाई पत्राचार गरेको छ । जिल्ला अध्यक्ष देवराज चौधरीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा विद्यालय,पसल तथा यातायात सबै वन्दगरी सहयोग गर्ने कुरा उल्लेख गरीएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले सरकार समक्ष  १४ बुदेँ माग पुरा गर्न भन्दै राखेको मागको सुनुवाई नभएपछि वन्द आवाहन गरेको विज्ञपतीमा उल्लेख गरीएको छ ।
उता मोर्चाले आवहान गरेको बन्दका क्रममा प्रहरीले कञ्चनपुरबाट १ जना सञ्जय रानालार्ई नियन्त्रणमा लिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.