Jilla Ban Notis

त्रिवेणीको छोटी भन्सारलार्ई मुख्य भन्सारको रुपमा विस्तार गरीदै ।

0 15

बर्दघाट,फागुन–२८
त्रिवेणीको छोटी भन्सारलाई मुख्य भन्सारको रुपमा विस्तार गरीदै छ ।   गण्डकी प्रदेशको भारतसँग जोडिने एक मात्र नाका त्रिवेणी छोटी भन्सारलाई गत साताको मन्त्रिपरिषद्ले मुख्य भन्सारमा स्तरोन्नति गर्ने निर्णय गरेको संघीय सांसद तिलक महतले बताउनु भएको छ  ।   पूर्वी नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी छोटी भन्सार कार्यालय लाई स्तरउन्नती गरी ४३ बिघामा भन्सार कार्यालय र गोदाम बनाउन थालिएको नवलपुर क्षेत्र नम्बर २ बाट संघीय सांसद तिलक महतले बताउनु भएको छ  । भन्सारका लागि आवश्यक कर्मचारीको दरबन्दी कायम गर्न सामान्य प्रशासन मन्त्रालयले सहमति दिएको महतले बताउनु भएको छ  । एक महिनाभित्र कार्यालय स्थापना गरेर भन्सारको काम सुरु हुने छ ।  त्रिवेणीको गण्डक ब्यारेजदेखि उत्तरतर्फको नेपाली भूभागमा भन्सार कार्यालय स्थापना गरिनेछ ।नेपाल–भारतबीचको गण्डक सम्झौताअनुसार त्यहाँ जवाहरलाल नेहरू–महेन्द्र पार्कका नाममा ३५ बिघा जग्गा छ । त्रिवेणी गण्डक पुल नजिकै रहेको त्यही जग्गामा भन्सारको गोदाम बनाइने भएको छ । त्रिवेणी ब्यारेकदेखि दुई किलोमिटर पूर्वोत्तरमा सात कट्ठा जग्गामा भन्सारकै नाममा पुरानो भवनसमेत छ । नजिकै रहेको अर्को आठ बिघा क्षेत्रफलको सरकारी स्वामित्वको जग्गासमेत थपेर मूल भन्सार बढाइने भएको हो ।        त्रिवेणीसम्म पुग्न ५ नम्बर प्रदेशको बर्दघाट हुँदै जानुपर्छ । महेन्द्र राजमार्गको दुम्कीबास र अरुणखोलाबाट राष्ट्रिय वन क्षेत्र हुँदै राजमार्ग लैजान वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढेको छ । अब केही महिनाभित्र त्यसको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र बजेट विनियोजन अघि बढाउन प्रधानमन्त्री सहमत भएको सांसद महतको भनाइ छ । ‘०७७ भित्र त्रिवेणी–दुम्कीबास सडकखण्ड निर्माण अघि बढ्ने संघीय सांसद तिलक महतले बताउनु भएको छ  ।  त्रिवेणीधाम–दुम्कीबास १८ किमि सडक निर्माण सुरु हुँदासम्म भन्सारको भवन समेत बनाउने संघीय सरकारको तयारी रहेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.