Sarawal sit lahar Notis

तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औ सधारण सभा सम्पन्न ।

0 76

उमेश बि.क

नवलपरासी , २१ मंसिर

नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ तिलकपुरमा अवस्थित तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औ सधारण सभा तथा पाँचौ अदिबेसन सम्पन्न भएको छ। सहकारीकी अध्यक्ष मिना चौधरीको अध्यक्षता तथा पुर्वगृहराज्य मन्त्री एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यता र सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायको बिशिस्ट आतिथ्यतामा सधारण सभा सम्पन्न भएको हो। सहकारीको पाँचौ अदिबेसनमा पुनह मिना चौधरी अध्यक्षको रुपमा चयन हुनुभएको छ। सधारण सभालाई सम्बोधन गर्दै पुर्वगृहराज्य मन्त्री एवम् प्रतिनिधिसभा सदस्य कंडेलले ’एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो ।सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुको साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । साथै अगामि दिनमा सहकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो। त्यस्तै सरावल गाउँपालिका उपाध्यक्ष रायले समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएर आज महिलाको ठुलो साथि सहकारी भएको छ। आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक महिलाको लागि आवश्यक छ। यसले महिला नेतृत्वमा ठुलो सहयोग गरेको भन्दै महिलाको लागि हमेशा सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो। सहकारी संस्थाको १२ औँ सधारण सभामा वडा नं। १ का वडा अध्यक्ष भेष नरायण चौधरी ,नेपाल रेडक्रस सोसाइटि प्रदेश प्रतिनिधि हैदर अलि मोमिन,सहकारी बैंक बर्दघाटकि सबिना पोख्रेल,समाजसेवी राधेश्याम चाधरी, हेमनरायन थारु , स्वास्थ्यचौकी ईन्चार्ज खेम नरायण खनाल लगायतले महिलाहरु चुलो चौकोमा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्नेमा जोड दिदै सहकारीले महिलाको नेतृत्व विकास गरी आनीबानी परिवर्तन समेत ल्याएको जोड दिएका थिए । उक्त सहकारीको बार्षिक प्रतिबेदन सहकारीकी अध्यक्ष मिना चौधरीले प्रस्तुत गर्नुभएको थियो । २०६४ सालमा स्थापना भएको सहकारीले ३ करोड ६० लाख १६ हजार बराबरको आर्थिक कारोबार गरेको सहकारीकी व्यवस्थापक अनुराधा कुमारी फौजदारले जानकारी दिनुभएको छ । सहकारीमा सरावल गाउँपालिका वडा नं। १ र २ का ८ सय ३१ जना महिलाहरु आबद्ध रहेका छन । र छोरी बचतमा १६२ जना आबद्ध रहेका छन ।

Leave A Reply

Your email address will not be published.