Jilla Ban Notis

तिनदिवसीय फोटो पत्रकारीता तालिम सम्पन्न् ।

0 45

कृष्ण ढकाल
सुस्ता,फागुन–२२
नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको आयोजनामा संचालीत तिनदिवसीय फोटो पत्रकारीता तालिम सम्पन्न् भएको छ । पत्रकारहरुको क्षेमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरीएको पत्रकारहरुको क्षमता विकास तथा तीन दिने फोटो पत्रकारीता तालीमको समापन कार्यक्रम सुस्ता गाऊपलिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ नवलपरासी जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षतामा सम्पन्न् भएको थियो । सो अवसरमा वोल्दै प्रमुख अतिथि पाण्डेले पत्रकारहरुका लागि तिनदिने तालीम पक्कै पनि उपलब्धीपूर्ण रहेको बताउदै पत्रकारहरु जनता प्रति उत्तरदायि बन्न आग्रह गर्नु भएको थियो । त्यसैगरी जनप्रतिनिधिहरुलाई सचेत गर्दै उनीहरुले गरेका कामहरुको वाचड्ग गरी राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनी भन्न र लेख्नका लागि समेत आग्रह नर्गु भएको थियो ।    केहि पत्रकारहरुले गर्ने पत्रकारिताका क्रममा राजनितिक रङ्ग देखिने गरेको बताउदै त्यस्तो नगर्नका लागि आग्रह गर्नु भयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी, जिल्ला शाखाका पूर्व सभापति केशव पराजुली, जिल्लाकी पहिलो महिला पत्रकार शान्ता भण्डारी, प्रशिक्षक विकास कार्की लगायतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । तीन दिन सम्म सञ्चालन भएको तालिममा फोटो पत्रकार विकास कार्कीले सहजीकरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.