Jilla Ban Notis

जिल्ला वचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कुन) नवलपरासीको प्रारंभिक साधारण सभा सम्पन्न ।

0 38

रमेश भुसाल

बैशाख ११

जिल्ला वचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कुन)पश्चिम नवलपरासीको प्रारंभिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष राजन कुमार आचार्यको अध्क्षता तथा नेपाल बचत तथा ऋण सहकारी संघ का केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा वोल्दै प्रमुख अतिथि ढकालले संघले प्रारम्भीक सहकारी संस्थाहरु र नेफ्स्कुनको विचमा पुलको काम गर्नुपर्ने बताउनभयो । जिल्ला वचत तथा ऋण सहकारी संघ लि.ले सवै स्थानियपालिकामा रहेका वचत तथा ऋण सहकारीहरुलाई समेट्नु पर्नेमा जोड दिनुभयो । साथै भर्खरै स्थापना भएको जिल्ला बचत तथा ऋण सहकारी संघले सुरुवाती चरणबाटै आफ्नो सक्षमता देखाएको भन्दै प्रशंसा समेत गर्नुभयो ।

सो अवसरमा जिल्ला सहकारी संघका संचालक  सदस्य नारायण थापा क्षेत्री , वर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्षतथा जिल्ला वचत तथा ऋण सहकारी संघका संचालक सदस्य  रविन्द्र विक्रम हमाल लगाएतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

प्रारम्भिक साधारण सभामा अहिले सम्म जिल्ला वचत तथा ऋण सहकारीले गरेका कार्यहरु सहितको समग्र प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला वचत तथा ऋण सहकारी संघ लि. पश्चिम नवलपरासीका अध्यक्ष राजन कुमार आर्चायले संघलाई मजवुद पार्न व्यावसायीक योजना अनुसारको लक्ष्य हाँसील गर्ने, साविकका सदस्य संस्थाहरु अध्यावधीक गर्ने, नयाँ थप सदस्यता वृद्धिका लागी समन्वय वढाउने, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कुन, प्रदेश सहकारी संघ प्रदेश वचत संघ , जिल्ला सहकारी संघ सहितका छाता संघहरुमा आवद्ध हुने लगाएतका आगामी कार्यक्रमहरु रहेको पेश गर्नुभयो । प्रारम्भिक सधारण सभामा स्वागत मनतब्य कोषाध्यक्ष संघका कोषाध्यक्ष ध्रुव नारायण वानिया र सचिव रमेश कर्माचर्याको संचालन रहेको थियो ।

Leave A Reply

Your email address will not be published.