Sarawal sit lahar Notis

जापान जान रोकिएका बिद्यार्थीहरु सोमवार देखि जापान जादै

0 56

बर्दघाट,चैत्र–११
लामो समय देखि जापान जान रोकिएका बिद्यार्थीहरु सोमवार देखि जापान जान पाउने भएका छन् । लामो समय देखि जापान पठाउन रोकिएका सुसुकी कन्सल्टेन्सी बर्दघाटका बिद्यार्थीहरु अब सोमवार देखि जापान जान शुरु हुदै छ । सुसुकी कन्सल्टेन्सीले  आफ्नो संस्थामा भाषा अध्ययन गरेर जापान जान लागेका बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका विच विदाई गरेको छ ।

सुसुकी कन्सल्टेन्सीका संचालक राजेन्द्र श्रेष्ठको अध्यक्षता र बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष धातानन्द बस्यालको प्रमुख आतिथ्यतामा उक्त बिदाई कार्यक्रम सम्पन्न् भएको थियो ।

लामो समय देखि जापनीज भाषा अध्ययन गराउदै आएको सुसुकी कन्सल्टटेन्सी मार्फत यसक्षेत्रका धेरै बद्यार्थीहरु जापान जानका लागि नाम निकाल्न सफल भएका छन् ।

Leave A Reply

Your email address will not be published.