Jilla Ban Notis

जवरजस्ती करणीको प्रयास गरे्को आरोपमा बर्दघाट १२ का एक युवा माथी मुद्दा दायर ।

0 36

बर्दघाट,श्रावण–१४
गत साउन ३ गते १५ बर्षिया एक बालिकालाई बलत्ककार गर्ने प्रयास गरेको आरोप बर्दघाट १२ का एक युवालाई जवरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दायर गरिएको छ । जवरजस्ती करणीको प्रयास गरे्को आरोप लागेका युवा बर्दघाट वडा नम्बर १२ कै ३० बर्षिया भरत चौधरीलाई प्रहरीले साउन ६ गते पक्राउ गरी चौधरी विरुद्ध जवरजस्ती करणी उद्योग अन्तरग मुद्धा दर्ता गरी आवश्यक प्रकृया अगाडि वढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चौधरीलाई ईलाका प्रहरी कार्यालय बर्दघाटले अदालत बाट म्याद थप गराई चौधरी विरुद्ध जवरजस्ती करणी उद्योग अन्तरग मुद्धा दर्ता गरी आवश्यक प्रकृया अगाडि वढाईएको छ ।
चौधरीले साउन ३ गते घर देखि केहि पर ईट्टा भट्टाको नजिकै लगरे बलात्कारको प्रयास गरेको वालिकाका बाबुले बताएका छन् । उनले छोरीलाई खोज्ने क्रममा घर देखी केहि टाढा इट्टा भट्टाको नजिकै फेला पारेको र आफुलाई देखेपछि केटा भागेको बताएका छन् । घटना घटे लगत्तै गाउँमै मिलाउने प्रयास गरिएपनि बालिकाको परिवारले नमानेपछि मात्र प्रहरीमा उजुरी दर्ता भएको थियो । घटना साउन ३ गते घटे पनि पिडित परिवारको उजुरी पछि प्रहरीले साउन ६ गते मात्र चौधरीलाई पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.