Jilla Ban Notis

जनसंर्घषबाट एमसीसी निस्तेज ः सुवेदी

0 17

बर्दघाट १५ माघ
नेकपा ( क्रान्तिकारी माओवादी )का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले जनसंर्घषबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) लाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ । बुधवार क्रान्तिकारी माओवादी जिल्ला संगठन समिति र देशभक्त जनगणतान्त्रिक मोर्चा पश्चिम नवलपरासीले बर्दघाट – २ चिसापानीमा  आयोजना गरेको राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान उद्घाटनमा बोल्दै उहाँले एमसीसी संगै भारतीय अतिक्रमणका बिरुद्ध जनता उठनुपर्ने बताउनुभयो ।     कार्यक्रममा उहाँले त्यसैका लागि क्रान्तिकारी माओवादीले विचार मिल्ने ९ दलबीच कार्यगत एकता गर्दै आन्दोलनमा उत्रिएको बताउनुभयो । उहाँले संसदीय पार्टीभित्र रहेको लम्पसरवादी प्रबृतिले राष्ट्रिय स्वाधीनता खतरामा परेको दावी गर्नुभयो । कार्यक्रममा क्रािन्तकारी माओवादी बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल, देजमोका नेता प्रेम रिमाल लगायतले बोल्दै राष्ट्रिय स्वाधीनताको लागि आन्दोलनको बिकल्प नभएको बताउनुभएको थियो । कार्यक्रम रवि पाण्डेको संचालनमा भएको थियो । कार्यक्रममा साहित्यकार तारा प्रसाद श्रेष्ठले कविता वाचन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.