Jilla Ban Notis

जनप्रतिनिधि र पत्रकार बिच अन्तरकृया

0 37

गौरीशंकर जयसवाल
परासी १० चैत्र
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका जनप्रतिनीधीहरुले पालिकाको योजना छनौटमा जनताले बढी लाभ लिने खालका योजनालाई प्राथमिकता दिएको बताएका छन ।
पालिकाले अघिसारेका योजनाले जनताको पहूच पुग्ने गरी काम गरिरहेको जनप्रतिनीधीहरुले बताएका हुन ।
आज पश्चिम नवलपरासीको प्रतापपुर गाउँपािलकाको वडानं १ गोपिञ्जमा नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको आर्थिक सहयोगमा बिकास निर्माण बिषयमा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रममा जनप्रतिनीधीहरुले यस्तो कुरा बताएका हुन ।
कार्यक्रममा गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीले पालिकामा आर्थिक शुसासन कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने बताईन । उनले भनिन् पालिकाको योजना छनौटमा जनताले बढी लाभ लिने ठोस प्राथमिकताका योजनालाई प्राथमिकता दिने र निर्माणमा गुणस्तरको ध्यान दिन नियमित अनुगमन गर्दै हुने सम्भावित भ्रष्टाचारलाई रोक्ने बिश्वास ब्यक्त गरेकी थिईन ।
वडानं ९ का वडाअध्यक्ष हेमेन्द्रकुमार पञ्जियारले भौतिक पुर्वाधारलाई मात्र फोकस नगरी कृषि, स्वास्थय, शिक्षा र सामाजिक क्षेत्रमा आवस्यक लगानी गरि यहाँका जनतालाइ छिटो र दुरुस्त सेवा प्रदान गर्ने गरिहेको बताए ।
प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज खनालले गाउँपालिका कार्यालयको कामकारबाही चुस्तदुरुस्त बनाउदै जनतालाई छिटोछरितो सेवा प्रदान गरिहेको बताए । उनले गाउँपालिकामा कर्मचारीको अभावमा पनि कार्यालयको गरिने कार्यक्रम र सेवामा हामी कर्मचारीहरु कृयाशिल भएर लाग्ने र पालिकामा रहेका विभिन्न बिषयगत समितिहरुलाइ कृयासिल बनाउदै अगाडि बढ्ने खनालले बताए ।


महासंघका अध्यक्ष हरि शर्माको अध्यक्ष्तामा भएको कार्यक्रममा वडा १ का कार्यबाहक अध्यक्ष दुधनाथ थारु, वडा २ का अध्यक्ष ईश्वरी चौढरी, वडा ५ का अध्यक्ष त्रिभुवन सिंह, वडा ६ का अध्यक्ष रामहरी उपाध्याय, वडा ८ का अध्यक्ष कादिर अलि अन्सारी, वडा ९ का अध्यक्ष हेमेन्द्रकुमार पञ्जियार, नेपाल पत्रकार महासंघका पुर्ब सभापति केशव पराजुली, सल्लाहकार बृजराज कुश्वाहा, उपाध्यक्ष नारायण सुवेदी, सचिव राजकुमार रेश्मी लगायतले मन्तव्य राखेका थिए।
यसैबिच बिकास पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको अयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा बिकास पत्रकारिता तालिम सम्पन्न भएको हो । तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एव गोरखापत्र लुम्बिनी प्रदेशका व्यरो प्रमुख दिपक ज्ञवालीले दिएका थिए ।
तालिममा जिल्लाका ४० जना क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.