Sarawal sit lahar Notis

जनताले पताउने खालका कामगर्न पूर्व मन्त्री खनालको आग्रह

वाई.सि.एल. नेपाल सुनवल नगर कमीटीको अध्यक्ष्ँमा खड्ग राना

0 54

कृष्ण ढकाल
बर्दघाट,भदौं–१
नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले २०६४ सालमा जनताले दिएको मत परिणामको सहि सदुपयोग नगरेका कारण २०७४ सालमा जनताले नेकपा माओवादी केन्द्रलाई नपताएको बताउदै त्यसवाट पाठ सिकेर अब जनताले पताउने खालका काम गर्न आग्रह गर्नु भएको छ । वाई.सि.एल. नेपाल सुनवल नगर कमीटीले आयोजना गरेको नगर भेलालाई सम्बोधन गर्दै नेता खनालले उक्त कुरा बताउनु भएको हो ।

नेता खनालले पार्टीको नारा,योजना र ईतिहांसलाई आत्मसाथगर्दै अघिबढेमा सफलता हात पार्न सकिनेमा आफु विश्वस्त रहेको धारणा राख्नु भएको थियो । उहांले विप्लव समुहलाई समेत समेटेर पूर्व जनमुक्तिहरुलाई संगठीत गर्दै अघिबढ्न निर्देशन दिनु भएको थियो ।

अब देशको भविष्य युवाहरुको हातमा रहेकोले वाई.सि.एल. नयांसिरावाट अघि बढ्नु पर्ने बेला आएको बताउनु भएको थियो । बुढाहरु आशाका किरण मात्र रहेको भन्दै अहिले देशमा भएको भ्रष्टाचारको न्यूनिकरणका लागि युवा शक्ति लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

स्वास्थ्य र शिक्षालाई निःशुल्क हुनेगरी नेपाली समाजवाद स्थापना गर्ने र किसानलाई बिना धितो ५ लाख सम्मको ऋण दिने ब्यवस्था गर्न गर्न सके नेकपा माओवादी केन्द सबै जनताको प्रिय बन्ने भएकाले अब पार्टी त्यसतर्फ केन्द्रीत भएको नेता खनालले जानकारी गराउनु भएको थियो ।

प्रचण्ड विज्ञान पढेर आएको के.पि. रामायण र चाणक्य पढेर आएका कारण प्रचण्डसंग के.पि.को तुलना गर्न नमिल्ने नेता खनालको तर्क रहेको थियो । अहिले एम.सि.सि.को बहस भैरहदा नेपालको संविद्यान भन्दा माथि नरहनेगरी एम.सि.सि पास गर्दा कुनै फरक नपर्ने उहांको तर्क रहेको थियो । त्यसैगरी अर्काे चर्चामा रहेको सुकुम्वासी आयोगका सवालमा अहिलेको सरकारले पूर्णता पाउना साथ अर्काे नयां आयोग गठनहुने भएकाले कुनै चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।

वाई.सि.एल. नेपाल सुनवल नगर कमीटीका अध्यक्ष राजु बस्यालको अध्यक्षता र नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री चक्रपाणी खनाल बलदेवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वाई.सि.एल. नेपालका लुम्बिनी प्रदेश अध्यक्ष्ँ जितेन्द्र पुनले वाई.सि.एल. नेपालको आवश्यक्ता र औचित्यका वारेमा जानकारी गराउदै अब वाई.सि.एल. नेपाललाई सिफ्टवाट फेरी लिफ्टतिर लैजान जरुरी रहेको बताउनु भएको थियो ।

वाई.सि.एल. नेपाल सुनवल नगर ईन्चार्ज हरि प्रसाद चापागाईको संचालन र जिल्ला सदस्य खड्ग रानाको स्वागत मन्तब्यवाट शुरु भएको नगर भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य घन श्याम यादव,जिल्ला अध्यक्ष भविस्वर तिवारी आजाद,प्रदेश सचिवालय सदस्य सिता बौडेल लगाएतका नेताहरुले वाई.सि.एल. नेपाललाई केन्द्रिकृत र एकिकृत भएर अघिबढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

वाई.सि.एल. नेपाल सुनवल नगर कमीटी गठन ।

आज भएको वाई.सि.एल. नेपाल सुनवल नगर कमीटीको नगर भेलाले वडा नं. ७ का खड्ग रानाको अध्यक्षतामा ५१ सदस्य वाई.सि.एल. नेपाल सुनवल नगर कमीटी सर्बसम्त रुपमा गठन गरेको छ ।

उपाध्यक्षमा वडा नं. ११ का भरत शाही,वडा नं. २ का सन्तोष कल्वार ,वडा नम्वर ४ का गोविन्द गुरुङ्ग र वडा नम्वर ६ का सुदीप क्षेत्री गरी ४ जना उपाध्यक्ष रहेका छन ।

जस्को सचिवमा वडा नम्वर १० का सागर थापा र सह–सचिवमा वडा नम्वर ८ का विनोद खाती रहेका छन् भने कोषध्यक्षको टुङ्गो लाग्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.