Jilla Ban Notis

चौंथो प्रतापुर गाउँपालिका स्तरिय आधारभुत तह खेलकुद प्रतियोगिता शुरु

0 80

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२०
नवलपरासीको प्रतापपुर–१ बेलाटारीमा चौंथो प्रतापुर गाउँपालिका स्तरिय आधारभुत तह खेलकुद प्रतियोगिता शुरु भएको छ । आज एक कार्यक्रमका विच उक्त प्रतियोगिताको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले समुद्घाटन गर्नु भएको छ ।

बेलाटारीमा रहेको त्रिभुवन नमूना माविको समन्वयमा आयोजना भएको प्रतापुर गाउँपालिका स्तरिय आधारभुत तह खेलकुद प्रतियोगितामा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले विज्ञान प्रर्दशनी समेत गरेका छन् ।

तीन दिन सम्म सञ्चालन गरीने उक्त प्रतियोगितामा सामुदायिक, संस्थागत र धार्मिक गरी ४५ वटा विद्यालयका ४ सय ५० जना विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने छन । प्रतियोगितामा प्राथामिक तहमा १० प्रकारका र आधारभुत तहमा १२ प्रकारका खेलहरु संचालन गरीने प्रतियोगिता समन्वय विद्यालय अर्थात आयोजक संस्था त्रिभुवन नमूना माविले जनाएको छ ।

प्रतियोगिता समुद्घाटन कार्यक्रमलाई समुद्घाटन गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले शिक्षा क्षेत्रलाई सहज र सर्बसुलभ बनाउन तथा खेलकुदको विकासका लागि गाउँपालिका सदैव कटिवद्धभएर लाग्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी आर्थिक अभावकै कारणले कुनै पनि विद्यालय खेलकुदमा सहभागी हुन नपाउने अवस्थाको अन्त्य गरिने समेत बताउनु भएको थियो ।
प्रतियोगिता समुद्घाटन कार्यक्रमको संचालन विद्यालयका शिक्षक दिलिप शर्मा र रिमा चापागाँईले गर्नुभएको थियो ।

@gauledarpan

चौंथो प्रतापुर गाउँपालिका स्तरिय आधारभुत तह खेलकुद प्रतियोगिता

♬ original sound – Gauledarpan – Gauledarpan

Leave A Reply

Your email address will not be published.