Jilla Ban Notis

चिसापानी खानेपानी तथा सरसफाई मूल उपभोक्ता संस्थाको अध्यक्षमा पुनः मोहन गुरुङ्ग

0 27

कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
चिसापानी खानेपानी तथा सरसफाई मूल उपभोक्ता संस्था बर्दघाट–२,चिसापानीको १२ औं वार्षिक साधारण सभा एवं ८ औं अधिवेशनको समुद्घाटन ,कार्यालय भवन तथा डिपवोरिङ्ग लिफ्टिङ्ग कार्यक्रम सम्पन्न् भएको छ ।
संस्थाका अध्यक्ष मोहन गुरुङ्गको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको हो । बोल्दै प्रदेश सभा सदस्य अधिकारीले लुम्बिनी प्रदेश सरकारले तिन वर्ष भित्र प्रदेशका सबै नागरीकहरुको घर घरमा शुद्ध पिउने पानी पुयउने लक्ष्य लिएको बताउनु भएको छ ।

अहिले कोभिड–१९ का कारण तोकिएको तिन वर्षमा काम हुन नसके पनि एक वर्ष पछाडी भएपनि सबै नागरीकहरुको घर घरमा शुद्ध पिउने पानी पुयउने लक्ष्य पुरा गर्न प्रदेस सरकार लागि परेको बताउनु भएको छ ।
उहांले शुद्ध खानेपानी नभएकै कारण जनताहरुलाई बिभिन्न् प्रकारका स्वास्थ्य समस्याहरु आई लाग्ने भएका कारण सरकार त्यसप्रति सचेत रहेको समेत बताउनु भयो । त्यसैगरी प्रदेश सरकार मार्फत स्वास्थ्य,शिक्षा, लगाएतका थुप्रै विकासका कामहरु भएको बताउनु भएको थियो ।

संस्थाका कार्यसमिति सदस्य केदार चौधरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल,बर्दघाट नगरपालिकाका वडा नं. २ का वडाध्यक्ष दया दर्लामी,दिब्य ज्योती बहुमुखि क्याम्पस संचालक समितिका अध्यक्ष वृहस्पति अधिकारी,खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका सचिव देविदत्त सापकोटा लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा अध्यक्षको प्रगति प्रतिवेदन,कोषाध्यक्षको आर्थिक प्रतिवेदन,सचिवको प्रशासनिक प्रतिवेदन र लेखा समितिको आन्तरीक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत् गरीएको थियो । जस्मा आ.ब. २०७६÷०७७मा ५९ लाख ४४ हजार १ सय ४१ रुपैया आम्दानी भएको र ३१ लाख १२ हजार ५८ रुपैया खर्च भएको प्रतिवेदनमा उल्ल्ेख गरीएको छ । त्यसैगरी प्राईम कमर्सियल बैंकमा २८ लाख ६ हजार ९ सय ५२ रुपैया बचत भएको र राष्ट्रिय बाणिज्य बैंकमा ९ हजार ५२ रुपैया ,ग्लोबल आईएमई बैंकमा १५ हजार ८ सय ५ रुपैया र नगदमा २ सय ७४ रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

२०५६ सालमा स्थापना भएको चिसापानी खानेपानी तथा सरसफाई मूल उपभोक्ता संस्थाले चिसापानी क्षेत्रका ४ हजार ६ सय ४० जनसंख्यालाई आफ्नो सेवा प्रदान गर्दैआएको छ । दुई डिप बोरीङ्ग र २ सय ५० घन लिटर क्षमताको रफिङ्ग टंकी मार्फत आएको पानी २४ सैं घण्टा वितरण गरदै आएको छ । संस्थामा अहिले सम्म ९ सय २८ धार जडान गरेको उपभोक्ताको संख्या रहेको छ ।

अध्यक्षमा पुनः मोहन गुरुङ्ग

चिसापानी खानेपानी तथा सरसफाई मूल उपभोक्ता संस्था बर्दघाट–२,चिसापानीको १२ औं वार्षिक साधारण सभा एवं ८ औं अधिवेशनले अध्यक्षमा पुनः मोहन गुरुङ्गलाई चयन गरेको छ ।
जसको उपाध्यक्षमा लोकेन्द्र बहादुर पाण्डे,कोषाध्यक्षमा राधा शर्मा नेपाल र सचिवमा कमल बस्याल रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा केदार चौधरी, दिपक श्रेष्ठ ईन्द्र बहादुर थापा,झबनाथ पाण्डे,माया परियार,हिरा लाल चौधरी,धन बहादुर गुरुङ्ग ,ईन्द्रीरा खनाल,गौरी थापा गंगा ज्ञवाली र हिरा गिरी रहनु भएको छ ।

यस अघि

हिजो बर्दघााट नगर पालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले डिपबोरीङ्गको होडीङ्गगर्ने कार्यको सिलन्यास गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.