Jilla Ban Notis

घोडाहा जंगल क्षेत्रमा भएको सवारी दुर्घट्नामा परि एक जनाको मृत्यु ।

0 17

देवदह,चैत्र १
शनिबार रुपन्देहीको देवदह–९ घोडाहा जंगल क्षेत्रमा भएको सवारी दुर्घट्नामा परि एक जनाको मृत्यु भएको छ  भने एक जना गम्भिर घाईते भएका छन् । पूर्वपश्चिम लोकमार्ग अन्र्तगत खैरेनीबाट भैरहवा तर्फ जाँदै गरेको लु १ क २५८४ को टिप्पर र बुटवलबाट खैरेनी तर्फ आउँदै गरेको लु २ ख १२१८ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुई टिपर एक आपसमा ठक्कर खाँदा टिपरको पछि रहेको बा २० प ५५१६ नम्बरको कार पनि टिपरमा ठोक्किएर क्षेती ग्रस्त भएको छ । दुर्घटनामा घाइते भएका लु १ क २५८४ नम्बरका टिपर चालक लुम्बिीनी सांस्कृतीक नगरपालिका–१० का ३७ बर्षिय कमलेस यादव र सोही टिपरमा सवार मायाँदेवी गाउँपालिका–४ गुड्डीकी ३५ बर्षिय सुनिता चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चौधरीको उपचारको क्रममा मृत्यु भएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिनु भयो । घाइते यादवको उपचार भइरहेको छ ।  दुर्घटना पछि टिपरमा फसेका यादव र चौधरीलाई उद्धार गरीएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.