Jilla Ban Notis

ग्रामिण साकोसको पाँचौ सेवा केन्द्र बर्दघाट १६ मा आज समुद्घाटन गरीयो ।

0 18

रामु भुषाल

बर्दघाट,माघ–१७
नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ७ जिमिरेभारको पाँचौ सेवा केन्द्र अन्र्तगत शनिबार दाउन्ने देवी सेवा केन्द्र बर्दघाट १६ मा एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ ।
सस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपरासी सञ्चालक सदस्य एवं ग्रामिण साकोसका निर्वतमान अध्यक्ष रविन्द्र विक्रम हमालले उक्त सेवा केन्द्रको समुद्घाटन गर्नु भएको हो ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले बैंक भन्दा सहकारी फरक भएको बताउनु भएको थियो । उहांले सर्व साधारणका लागी सहकारी नै कारोबारको उत्तम माध्यम रहेको बताउदै बैंकहरुले नाफा जति आफुहरुले लिने तर सहकारीको नाफा सबै सेयर सदस्यको हकमा आउने भएकाले सहकारीको मालिक सेयर सदस्य आफै नै हुने भएकाले राम्रो सहकारी रोज्न आग्रह गर्नुभएको थियो ।
उहाँले सहकारीले स–साना समस्या टार्न र उधमशिलता गर्नका लागी बिना धितो केही रकम उपलब्ध गराउने बताउदै सेयर सदस्यलाई वित्तिय साक्षरताका माध्यमबाट गरिबी मुक्त गराउन समेत सहयोग गर्ने बताउनुभयो ।

तस्विर ः– राम प्रसाद पौडेल

कार्यक्रममा विशिष्ट अतिथि समेत रहनुभएका बर्दघाट वडा नम्बर १६ का वडाध्यक्ष शुक बहादुर गुरुंगले आफ्नो वडामा ग्रामिणले सेवा दिएकोमा वडाको तर्फ देखी आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
सो अवसरमा सस्थाका सल्लाहकार बद्रिनाथ खनाल लगाएतले मन्तब्य राख्नुभएको थियो । बर्दघाट नगरपालिका, सरावल गाउपालिका र प्रतापपुर गाउपालिकाको १ र २ नम्बर वडा कार्य क्षेत्र रहेको साकोसले यस पुर्व बर्दघाट सेवा केन्द्र बर्दघाट ४, स्वर्णिम सेवा केन्द्र बर्दघाट ९, मिरमिरे सेवा केन्द्र बर्दघाट १२, उदय सेवा केन्द्र बर्दघाट १३ लगाएतका स्थानबाट सेवा प्रदान गरिरहेको सस्थाका ब्यवस्थापक आनन्द पाण्डेले जानकारी दिनुभएको छ । ६८ करोड ५० लाखको पुजी रहेको सस्थामा हाल ८ हजार २ सय ५० बढी सेयर सदस्य आबद्ध छन ।
सस्थाका उपाध्यक्ष सुरज केसीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाकी सचिव राधा ढकालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.