Sarawal Ga pa

गुलियो चिनि,तितो यथार्थ ः ज्ञान प्रसाद पाठक ( सन्तोष)

0 37

पौष–१५

नेपालमा उखुको व्यवसायिक खेती शुरु भएको धेरै भएको छैन । पहिले पहिले किसानले उत्पादन गर्ने उखुबाट गुंड, भेली, सख्खर आदी बनाउंथे र त्यसबाट राम्रै आम्दानी पनि लिइरहेका थिए । तर, जव २०३० को दशकदेखि एक पछि अर्को गर्दै चिनी उद्योगहरु खुल्न थाले । उखु किसानले आफै उखु पेर्लन र सह उत्पादन गर्न छोडेर उद्योगलाई उखु दिन थाले । अहिलेको समस्या जड त्यही दिन शुरु भएको हो र शशिकान्त अग्रवाल जस्ता व्यापारीहरु ‘उद्योगीको आवरण’मा उखु उद्यममा प्रवेश गरे, त्यो दिनदेखि त किसानका दशा नै शुरु भए । किनकी अग्रवाल लगायतका ‘चिनी उद्योगी’हरुको नियत नै उद्योग राम्रोसंग चलाएर नाफा कमाउने होइन कि उखु किसानलाई शोषण तथा ‘कृषिजन्य उद्योग’ चलाएको वाहानामा राज्यबाट सहानुभूती लिंदै कर छुट लिने, सकेसम्म राजश्व ठगी गर्ने, चिनीको नाममा अन्य वस्तुको व्यापार गर्ने रहदैं आएको छ । करका दायराहरुमा खेलेर, सरकारी हाकिमहरुलाई ‘खुसी पारेर’ व्यापार गरेर कमाउन पल्किएकाहरुले चिनी उद्यमलाई पनि त्यसै अनुसार संचालन गरिरहेका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विरेन्द्र कनौडियाको महालक्ष्मी सुगरमिलदेखि कालिमाटीको अग्रवाल समुहले सरकारबाट कौडीको मोलमा किनेको र हाल वन्द रहेको लुम्बिनी चिनी कारखानासम्मले भोगेको नियति, साहुहरुको लुट तथा उखुको मुल्य निर्धारणमा गरिएका खेलहरुको सृखंलालाई हेर्ने हो भने नेपालका अधिकाशं  [ खासगरि तथा कथित ठूला घरानियाले चलाएका ] चिनी उद्योगहरुको अवस्था हेर्ने हो भने त्यो कुरा स्पष्ट हुन्छ । नेपालको उखु उद्योगमा अग्रवाल लगायतका व्यापारीहरुको प्रवेश जुनबेला देखि भयो, नेपाली किसान र उखु तथा चिनी उद्यमको दशा त्यही दिनबाट शुरु भएको थियो भन्ने आरोप होइन, घटनाक्रमले पुष्टि गरेको तथ्य हो ।

व्यापारीहरुले कर छल्नुलाई उनीहरुको ‘धर्म’ मान्नेहरु थुप्रै भेटिन्छन्, त्यसमाथि कारोवार गर्दा उधारो रहनु नौलो कुरा होइन । तर, कस्ले कतिसम्म उधारो राख्ने भन्ने मुख्य कुरा हो । संसारको कुनै पनि देशका कुनै पनि उद्यममा पेश्की लिने, सापटी वा ऋण माग्ने र उधारो राख्ने काम गरिबले धनीसंग गर्छ । कम्पनी वा उद्योगका कर्मचारीहरु आफूलाई अति जरुरी पर्दा पेश्की लिने, अरुसंग लिने र तोकिएको शर्तसहित भुक्तानी गर्छन् । तर नेपालका कृषिजन्य उद्योगमा भने ठाक्कै उल्टो अवस्था छ । चिनी उद्योगकै कुरा गर्ने हो भने अर्बौंको सम्पत्तिका मालिक रहेका उद्योगिहरु किसानसंग उधारो माग्छन् र तिर्दैनन्, तिरेका छैनन् ।
धनीले गरिबको पैसा नतिर्ने अनौठो व्यापारिक शैली र सिद्धान्त नेपालमा उखु उद्योगीहरुले अपनाइरहेका छन् । र, सरकार तिनै धनी उद्योगीहरुलाई साथ दिने गरेको छ । पंचायतकालदेखि त्यही पदचाप पछ्याउंदा अहिलेको समस्या देखिएको हो ।

Leave A Reply

Your email address will not be published.