Jilla Ban Notis

गाउँले दर्पण मिडिया प्रा.ली.द्धारा बर्दघाट नगरको प्रकोप व्यवस्थापन कोषमा ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग ।

0 34

फूलकुमारी ढकाल
बर्दघाट,चैत्र–२५
गाउँले दर्पण मिडिया प्रा.ली. बर्दघाटले बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । आज मंगलवार गाउँले दर्पण मिडिया प्रा.ली.का कार्यकारी निर्देशक कृष्ण ढकालले नगर प्रमुख धिरज शर्मा बस्याललाई ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्त्रण गर्नु भएको थियो । कोरोना भाईरसको संक्रमणवाट वच्नका लागी गरिएको लक डाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका कुनै पनि गरीब ,अतिविपन्न तथा ज्यालामज्दुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने हेतुले उक्त आर्थिक सहयोग गरेको कार्यकारी निर्देशक कृष्ण ढकालले बताउनु भएको छ । संचार माध्यामको हपबन्दै गएको बर्दघाट नगरमा अनलाईन पत्रिका र अनलाईन टेलिभिजनको प्रकाशन तथा प्रसारण गर्ने गरी स्थापना भएको गाउँले दर्पण मिडिया प्रा.ली. बर्दघाटले छोटो समयमा नै आफुलाई  परिचित बनाउन सफल भएको छ । त्यसैगरी  पलपलका समाचार र विचारहरुलाई आम नागरीक विच ल्याउने एउटा भरपर्दाे संचार माध्यामका रुपमा परिचित गाउँले दर्पण अनलाईनले सहि सुचना प्रवाह गर्ने देखि विभिन्न ब्यक्तिहरुका विचारहरुलाई आम नागरीक विच पुया्उने र खवरदारी गर्ने काम गर्दै आएको छ । त्यतिमात्र हैन आफ्नो नगरमा हुन आपत विपतका वेला र संभावित विपतका वेला सामाजिक उत्तर दायित्व समेत वहन गर्नेकार्य अनुरुप आज गाउँले दर्पण मिडिया प्रा.ली. बर्दघाटले बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको प्रा.ली.का कार्यकारी निर्देशक कृष्ण ढकालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.