Jilla Ban Notis

क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य अवस्था वुझ्न सांसद अधिकारी क्वारेन्टाईन पुग्नुभो ।

0 28

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१६
प्रदेश नं. ५ का प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीले बर्दघाट–२ चिसापानीमा रहेको बर्दघाट नगरपालिकाको अस्थाई क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य अवस्था वुझ्न आज क्वारेन्टाईनमा पुग्नु भएको थियो । सांसद अधिकारीले अहिले उनीहरुको स्वास्थ्य अवस्था, वसाईको ब्यवस्था र समस्याका विषयमा जानकारी लिनुका साथै कुनै समस्या भएमा आफुलाई जानकारी गराउन अनुरोध गर्दै क्वारेन्टाईनमा आएर बसी आफु र आफ्नो परिवार अनि समाज प्रति उत्तरदायि वनेको भन्दै उनीहरुलाई धन्यवाद समेत दिनु भएको थियो । सोक्रममा क्वारेन्टाईनमा रहेकाहरुले आफ्नो स्वास्थ्य अवस्थाका वारेमा चांसो दिएर आएकोमा आभार ब्यक्त गरेका थिए । बर्दघाट–२ मा घर भै रोजगारीका लागि विदेशमा गएर आएका ४ जना ब्यक्तिहरु अहिले उक्त क्वारेन्टाईनमा बसेका छन् । बर्दघाट नगरपालिकाले स्थापना गरेको सो क्वारेन्टाईनमा अहिले दुई जना नगर प्रहरीलाई आलोपालो सुरक्षाको लागि खटाईएको छ भने उनीहरुको स्वास्थ्य अवस्थालाई वेला वेलामा चेकजांच गर्नका लागि चिसापानी अस्पताललाई जिम्मा दिईएको छ । त्यसैगरी उनीहरुका लागि सुत्न र वस्ने ब्यवस्था भएपनि खाना–नास्ता भने घरवाटनै आउने गरेको क्वारेन्टाईनमा वस्नेहरुले बताएका छन्  ।

Leave A Reply

Your email address will not be published.