Jilla Ban Notis

क्रियामा रहेका सुस्ता गाउँपालिका निर्वतमान अध्यक्ष पाण्डे परिवारले पनि मतदान गर्यो ।

0 1,417

कृष्ण ढकाल
नवलपरासी,मंसीर–४
पश्चिम नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र नं. १ (ख) मा चारजना क्रियापुत्रि ले मतदान गरेका छन् । आमाको मृत्यु भएर क्रियामा बस्नु भएका सुस्ता गाउँपालिकाका निर्वतमान अध्यक्ष राम प्रसाद पाण्डेको परिवारले स्थानिय नव दुर्गा मन्दिर परिसरमा पुगेर मतदान गर्नु भएको थियो ।

राम प्रसाद पाण्डे सुस्ता गाउँपालिकाको निर्वतमान अध्यक्ष हुनुहुन्छ भने उहाँका भाई सागरमणी पाण्डे बर्दघाटमा रहेको दिब्य ज्योती बहुमुखि क्याम्पसको क्याम्पस प्रमुख रहनु भएको छ । उहांहरुसंगै श्रीमति तिर्थ कुमारी पाण्डे र ईन्दीरा बस्यालले पनि मतदान गर्नु भएको थियो ।

त्यसैगरी
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तरगत आजभएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तरगत नवलपरासी जिल्ला (बसुप) मा रामग्राम नगरपालिका वार्ड नं १८ धरमपुर निवासी १०३ (नागरिकता अनुसार) बर्षीया जेष्ठ सदस्य महिला फुलमती तामाङले प्रतिनिधि सभा क्षेत्र नं २ अन्तरगत ज्ञानज्योती आधारभुत बिधालय मतदान केन्द्र (ख )बाट मतदान दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.