Jilla Ban Notis

क्यूपेक नेपाल जिमिरेभार शाखाको अध्यक्षमा खिरी नारायण थारु

0 59

कृष्ण ढकाल
जिमिरेभार,चैत्र–११
क्यूपेक नेपाल जिमिरेभार शाखाको आठौं वार्षीक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न् भएको छ । आज भएको अधिवेशनले खिरी नारायण थारुको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रुपनारायण थारु,सचिवमा खड्ग बहादुर चौधरी,सह–सचिवमा खर्क बाहुर थापा र कोषाध्यक्षमा संगिता थारुलाई चयन गरीएको छ भने सदस्यहरुमा हामे बहादुर गाहा,सत्य नारायण थारु,महेन्द्र थारु,आशा गुरुङ्ग नेत्र बहादुर कामु र गोबिन्द प्रसाद रौतारथारु रहनु भएको छ ।

त्यसैगरी लेखा समितिको संयोजकमा टिकाराम ढुङ्गाना र सदस्यमा प्रेम प्रसाद अधिकारी,चोल बहादुर चौधरी रहनु भएको छ ।

क्यूपेक नेपाल जिमिरेभार शाखा अध्यक्ष होम बहादुर गाहाको अध्यक्षता र केन्द्रिय सदस्य दिलकराज डुम्रे को प्रमुख आतिथयतामा भएको कार्यक्रममा प्रदेश सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज गिरीराज भण्डारी,जिल्ला अध्यक्ष राम बहादुर थापा,जिल्ला सदस्य खिरी नारायण चौधरी,बर्दघाट नगर अध्यक्ष दिपक भुषाल लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.