Jilla Ban Notis

कोरोनालाई चिठी

0 40
लेखक कविराज पौडेल

यो मेरो सपना अझै छ अधुरो गर्नै छ बाँकी पुरा।
हावामा लहराउनै छ बिचरा१सानोतिनो आँकुरा।
मागी पाल्नु छ पेट भर्सक यता,के हुन्छ आई न आ।
मेरो देश यसै मरेसरि छ भो, हे हे करोना न आ१

धेरै शोषित छन् कठै१ दुखजिलो गर्छन् रमाईकन।
बाँच्छन् ती निमुखा गरी मजदुरी मर्छन् नखाईकन।
ती भोका तनको जमात छ यहाँ फर्केर जा भो न आ१
मेरो देश यसै मरेसरि छ भो, हे हे करोना न आ१
हाँस्ने क्वै पनि छैन,केवल रुने मर्नेहरूको कथा।
ती साना रुखका निरीह बतिला झर्नेहरूको ब्यथा।
कोही छैन सुखी दुखान्त छ कथा मुर्दाहरू छन् न आ।
मेरो देश यसै मरेसरि छ भो, हे हे करोना न आ१
यात्रा भो सुरु भर्खरै अझ नयाँ देख्नै न बाँकी अरु।
लेखूँ भन्छु समृद्धिको म कविता लेख्नै छ बाँकी अरु।
रातो घाम छ झुल्किँदै क्षितिजमा होला कि केही न आ।
मेरो देश यसै मरेसरि छ भो, हे हे करोना न आ१
                                             [ लेखक कविराज पौडेल छन्दवादी समाज नेपाल,संस्थापक अध्यक्ष,/ नेकपा संवद्ध लेखक संघको हाल केन्द्रीय सदस्य र प्रलेस रूपन्देही हाल उपाध्यक्ष ]

Leave A Reply

Your email address will not be published.