Jilla Ban Notis

कृषि सहकारीहरु मार्फत कृषकहरुलाई मलविउ उपलब्ध गराउन प्रदेशसभा सदस्य अधिकारीको आग्रह ।

0 32

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१६
मल विऊको कारोेवार गरीरहेका कृषि सहकारीहरु मार्फत कृषकहरुलाई समयमा नै सर्वसुलभ तरीकाले धानको विऊ उपलब्ध गराउने वातावरण सृजना गर्न भन्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले प्र.जि.अ.वासुदेव दहालसंग आग्रह गर्नु भएको छ । आज जिल्ला प्रशासन कार्यालय परासी पुगेर प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले उक्त आग्रह पत्र प्रजिअ दहाललाई प्रदान गर्नु भएको थियो । सो अवसरमा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीसंगै जिल्ला सहकारी संघ नवलपरासीका उपाध्यक्ष वृहस्पति अधिकारी पनि रहनु भएको थियो । बर्दघाट नगर क्षेत्रभित्र रहेका खेतवारीमा उत्पादन हुनसक्ने खालको धानको विऊ सर्व सुलभ तरीकाले नगरका कृषिसहकारी मार्फत विक्रि वितरण गर्ने वातावरण मिलाउन समेत माग गर्दै प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीले प्र.जि.अ.दहाललाई उक्त पत्र बुझाउनु भएको हो । मल विउको विक्रि वितरण गर्दैआएका कृषि सहकारी मार्फत स्थानिय तहसंग समन्वय गरेर समयमा नै उन्नत जातको धानको विऊ किसानहरुलाई उपलब्ध गराउन सके नगरमा खाद्यसंकट हुने संभावना नरहने भन्दै प्रदेश सभासदस्य दिपेन्द्र अधिकारीले त्यसका लागि तत्काल ब्यवस्था मिलाउन प्रजिअ दहाललाई पत्र मार्फत आग्रह गर्नु भएको थियो ।
त्यसैगरी जिल्ला सहकारी संघ नवलपरासीका उपाध्यक्ष वृहस्पति अधिकारीले लक डाउनको मौकाछोपेर कालोबजारी हुन सक्ने र किसानहरु मारमा पर्ने खतरासंगै मल विऊ नै नपाउने संभावना पनि बढेकाले त्यसका लागि नवलपरासी जिल्लाभरीका लागि नै मल विऊको कारोवार गरीरहेका कृषी सहकारीहरु मार्फत मल विऊको विक्रि वितरण गर्ने वातावरण मिलाउन सके सबैभन्दा उत्तम हुने बताउनु भएको थियो । त्यसका लागि जिल्ला सहकारीसंघ जिल्लाका सबै कृषि सकहारीहरुसंग छलफल गरी अघिबढ्न तयार रहेको समेत बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.