Jilla Ban Notis

ओमसतियामा पहिलो खिचडी महोत्सव सम्पन्न ,थारु आयोग गठनको पहल गर्ने सांसद छविला विश्वकर्माको प्रतिवद्वता।

0 36

भैरहवा ,पौष २६

सांसद छविला विश्वकर्माले थारुहरुको माग सम्बोधन गर्ने गरि थारु आयोग गठनको पहल गर्ने प्रतिवद्वता जनाएका छन् । ओमसतया गाउँपालिकामा आयोजित प्रथम खिचडी महोत्सवमा बोल्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वकर्माले सबै जातजाती तथा संस्कृतिको संरक्षण आवश्यक रहेको हुदा थारु आयोग स्थापनाको पहलको आश्वसन दिएका हुन । नेपाल १ सय २५ जातजातीहरुको जिवित संग्रहालय भएको उल्लेख गर्दै उनले यसले अन्य देशमा पनि सकारात्मक सन्देश प्रवाह हुने जिकिर गरे ।थारुहरु अहिले जुनसुकै थर लेखे पनि पछाडी थारु शब्द राख्न अगुवा थारुहरुले आग्रह गरेका थिए । अन्य थर लेख्दा थारुको वास्तविक जनसंख्या पत्ता नलाग्ने हुदा आउदो जनगणनामा थारु थर लेखाउन उनिहरुले आग्रह गरेका हुन । यसका साथै राज्य अहिले थारुहरुको माग प्रति सकारात्मक नभएको समेत उनिहरुको आरोप रहेको थियो ।नया थारु बर्ष २६४४ को अवसरमा थारु कल्याणकारी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ इकाई समितिको आयोजनामा थारु राष्ट्रिय पर्व माघ खिचिडी महोत्सव २०७६ सम्पन्न भएको छ । यस क्षेत्रमै पहिलो पटक आयोजित महोत्सवमा थारु संस्कृति सम्बन्धि बिभिन्न झाँकीहरुको साथै थारु संस्कृतिहरु प्रस्तुत गरिएको थियो ।थारु कल्याणकारी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ इकाई समितिका अध्यक्ष राम लखन चौधरीको अध्यक्षता तथा रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थारु अगुवाहरु देवी प्रसाद चौधरी, नरसिंह चौधरी, रेखा प्रसाद चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अनिल कुमार चौधरी र सचिन थारुले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.