Jilla Ban Notis

उद्योग वाणिज्य संघ सुनवलद्धारा सचेतना अभियान शुरु।

0 45

बिपि ढकाल
सुनवल,साउन १६
पश्चिम नवलपरासीको सुनवल क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको त्रास देखिएपछि उद्योग वाणिज्य संघ सुनवलले ,आज सुनवल क्षेत्रका बजारमा सचेतना अभियान सन्चालन गरेको छ ।पछिल्लो समयमा लकडाउन खुकुल्लो भए संगै ब्यापार व्याबसाय संचालन गर्न थालेको र बजार क्षेत्रमा भिडभाड संगै कोरोनाको संक्रमण पनि समुदाय स्तरमा त्रासदेखिए पछि रोकथाम तथा नियन्त्रणका लागी व्यवसायी को सटर सटरमा पुगने अभियानै संचालन गरेको उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ । उद्योगी व्याबसायीलाई सचेत गराउदै नेपाल सरकारले लकडाउन खुकुलो बनाएको भएतापनि कोरोना भाइरस बढन सक्ने अवस्था भएका कारण आफु पनि बचउ र अरुलाई पनि बचाउ भन्ने मनसायले प्रत्येक व्यवसायीको सटरमा पुगि सचेत गराउन अनुरोध पत्र सहित मास्क सेनेटाइजर प्रयोग गरौं र आउने ग्राहक हरु लाई पनि अनिवार्य मास्क सेनेटाइजर लागाउन सचेत सहितको आग्रह गरौं भन्ने अनुरोध गरेको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बताउनुभयो ,व्यवसायी ले पनि उद्योग वाणिज्य संघको आग्रहलाई सकरात्मक रुपमा लिएको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले बताउनु भयो।
आजको सचेतना कार्यक्रम मा वाड नम्बर १२ का वाड अध्यक्ष यम लाल पाण्डे ,वाड नम्बर १३ का वाड अध्यक्ष कृष्ण प्रसाद देवकोटाू कार्यपालिका सदस्य अर्जुन सुनार इलाका प्रहरी कार्यालय सुनवल र संचारकर्मी का साथै उद्योग बाणिज्य संघ सुनवलको उपस्थितमा सुनवल नगरपालिका वार्ड नं १२ र१३ का व्यवसायी तथा उपभोक्ता वर्गमा अनिवार्य रुपमा भौतिक दुरि कायम राख्ने, अनुरोध गरेको छ
साथै उद्योग वाणिज्य संघको टोलिले राजमार्गमा चलेका सवारी साधनहरु लाई समेत सचेत रहन आग्रह गरेको थियो ।आज पहिलो दिन सुनवल नगरपालिकाको भुमहि हरकटा बडेरा बजारमा उद्योग वाणिज्य संघको टोलिले पसल पसलमा पुगि सचेत गराएको थियो भने यसलाई निरन्तरता दिदै सुनवल, स्वाठी लगाएतका बजार क्षेत्रमा आइतबार सचेतना सहितको पत्र लिएर प्रत्येक व्यवसायी को सटरमा पुग्ने उद्योग वाणीज्य संघ सुनवलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.