Jilla Ban Notis

ईलाका प्रहरी कार्यालय बर्दघाटका इन्सपेक्टर के.सी तानीए, नेत्तृव लिन रेग्मी छानिए ।

0 16

फूलकुमारी ढकाल
बर्दघाट,जेष्ठ–६
ईलाका प्रहरी कार्यालय बर्दघाटमा सरुवा भै आउनु भएका इन्सपेक्टर होम नाथ रेग्मी र बर्दघाटका पत्रकारहरु विच मंगलवार परिचय तथा छलफल कार्यक्रम सम्पन्न् भएको छ । सो क्रममा बर्दघाट प्रहरीले शान्ति सुरक्षाका सवालमा गर्नु पर्ने कार्यहरुका वारेमा पत्रकारहरुले आफ्ना सुझाव राखेका थिए । सोहि क्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटको नेतृत्व सम्हाल्न आउनुभएका इन्सपेक्टर होम नाथ रेग्मीले आफुलाई सबैको साथ र समर्थन आवश्यक रहेको बताउनु भएको थियो । सोक्रममा रेग्मीले कोरोना भाईरसको संक्रमण हुनवाट नागरीकहरु जोगाउन सचेत र सजग गराउदै, उनीहरुलाई शान्ति सुरक्षाको अनुभुति गराउन आफु र आफ्नो टिम दहैसम्म लागि पर्ने बताउदै त्यसका लागि आफुसंग छुट्टै नयां योजना रहेको बताउनु भएको थियो । ईलाका प्रहरी कार्यालय बर्दघाटमा रहनु भएका इन्सपेक्टर हिम बहादुर के.सी.लाई जिल्ला प्रहरी कार्यालयले फिर्ता बोलाएसंगै तत्काल जिल्लावाट इन्सपेक्टर होम नाथ रेग्मी ईलाका प्रहरी कार्यालय बर्दघाटको प्रमुख भएर आउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.