Jilla Ban Notis

आगामी बर्ष शतप्रतिशतलाई शुद्ध खानेपानी ः नगर प्रमुख बस्याल

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्धारा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

0 22

रामु भुसाल

बर्दघाट २४ कार्तिक

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट ४ बर्दघाटको आयोजनामा विजयादशमी दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम संस्थाको सभाहल बर्दघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धातानन्द बस्याल को अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख बस्यालले आगामी आर्थिक बर्षको अन्त सम्ममा नगरका शतप्रतिशत घर धुरीले शुद्ध खानेपानी उपभोग गर्न पाउने बताउदै हाल नगरका ‘८० प्रतिशत नगरवासीले शुद्धपानी उपभोग गरेको’ बताउनुभयो ।

उहाँले नगरबासीलाई शुद्ध पानी खुवाउने कार्यका लागि नगरले खानेपानी योजना थप गर्दै लगेको र नगरले वडा वडामा खानेपानी योजना निर्माण गरिरहेको बताउनु भयो । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै बर्दघाट नगर उप्रमुख माया देवी पौडेलले नगरको एउटा मात्रै वार्र्ड खानेपानीको पहुंचमा भएर मात्रै नगर सम्पन्न नहुने बताउदै नगरले सबै नगरबासीलाई अति आवश्इक बस्तुको श्रपमा रहेको खानेपानीको पहुंचमा पुर्याउने तर्फ नगर चिन्तित रहेको बताउनुभयो ।

बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एंव नगर प्रबक्ता रविन्द्र बिक्रम हमालले विपन्नताका कारण धारा जडान गर्न नसक्ने अवस्था वडामा नभएको दावी गर्दै सस्थाले हाल कायम पानीको मुल्य यथास्थितीमै राख्नुपर्ने कुरामाथि जोड दिनुभएको थियो ।

सो कार्यक्रममा सस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका ब्यवस्थापक विष्नु भुषालले यसक्षेत्रकै नमुना मानिने बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बर्दघाट वडामा ३ हजार ६ सय ५ घरधुरीले स्वच्छ खानेपानी उपभोग’ गरेको बताउनुभयो । खानेपानीले विपन्नलाई निशुल्क धारा र किस्ताबन्दीमा धारा जडानको कार्यक्रम समेत गरेको बताउनुभयो । साथै उहाँले बर्दघाट ४ बाढीपिडितमा १३ करोड ५० लाख ५७ हजार लागतमा बन्न लागेको ओभरहेड ट्याकीं संघीय खानेपानी तथा सरसफाई बिभागको योजनामा बन्ने र उक्त टंकीको निर्माणका लागि प्रक्रिया शुरु भएको जानकारी दिनुभएको छ ।

सस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समिति समयोजक दिपक लम्सालले सुरक्षा समितिको प्रतिबेदन प्रस्तुत गर्दै बर्दघाट ४ मा ९९ प्रतिशत वडावासीले शुद्धपानी उपभोग गर्दै आएका बताउदै बर्दघाट मुख्य बजारक्षेत्र रहेको हुदा सरसफाईमा चु्नौती रहेको र सो लागी सस्थाले योजनाहरु अगाडी सारेको बताउनुभयो ।

कार्यक्रममा खानेपानी डिभिजनका जगन्नाथ गहतराज, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट बजार विकास समितिका अध्यक्ष शोभकान्त कोइराला पत्रकार नारायण भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो । सस्थाकी सदस्य सुमित्रा थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव धन बहादुर गुरुंगले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, समाजसेवी बुद्धीजिवी पत्रकार सस्थाका पदाधीकारी लगाएतको उपस्थिती रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.