Jilla Ban Notis

अहिले चुनावमा गए नेपाली काङ्ग्रेसले स्वतह जित्छ तर देशले हार्छ ः गगन थापा (भिडियो सहित)

0 22

कृष्ण ढकाल
बर्दघाट,फागुन–८
अहिले चुनावमा गए स्वतह नेपाली काङ्ग्रेसले जित्ने सुनिश्चित भएपनि देशले हार्ने भएका कारण सोच्नु पर्ने भएको नेपाली कांग्रेसका नेता एवं केन्द्रिय सदस्य गगन थापाले बताउनु भएको छ । पूर्व स्वास्थ्य मन्त्री रमेत रहनु भएका नेता थापाले २०७४ सालमा भएको निर्वाचन परिणामको स्मरण गराउर्दै देश र जनतालाई ध्यानमा राखेर नेपाली काङ्ग्रेस अघि बढ्ने बताउनु भएको छ ।
नेपाल तरुण दल नवलपरासीले आज बर्दघाटमा आयोजना गरेको बृहत बिरोध सभालाई सम्वोधन गर्दै नेता थापाले उक्त कुरा बताउनु भएको हो । उहांले नेपालको शान्ति प्रक्रिया सम्पन्न् गर्ने देखि संविद्यान निमार्णकार्य सम्पन्न गर्नमा नेपाली कांग्रेसले अहम भूमिका निर्वाह गरेको दावी गर्नु भयो ।
त्यसैगरी नेता थापाले अब ५ वर्ष चुनाव गराएर नेपाली कांग्रेसले देश चलाउने बताउनु भयो । उहांले अब हिजो गरेको जस्तो गल्ती अब कांग्रेसले नगर्ने समेत बताउनु भएको छ । उहांले अब प्रत्येक नागरीकको स्वतन्त्रताको रक्षा गर्ने समेत बताउनु भयो ।

बर्तमान कम्यूनिष्ट सरकारको अलोकतान्त्रीक र असंबैधानिक कदमका विरुद्ध भन्दै नेपाल तरुण दलले बर्दघाटमा आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल,संविधानसभा सदस्यद्वय बिक्रम खनाल,सन्तु कलवार,तरुणदल केन्द्रिय कोषाध्यक्ष बिद्वान गुरुङ,नेपाली कांग्रेस जिल्ला सभापति बिष्णु पौडेल,तरुणदल जिल्ला सभापती सुक बहादुर गुरुङ लगायतले आ–आफ्नो भनाईहरु राखेका थिए।

कार्यक्रमको संचालन नेपाल तरुणदलका जिल्ला सचिव यज्ञ प्रसाद पाण्डेले गर्नु भएको थियो

Leave A Reply

Your email address will not be published.