Jilla Ban Notis

अहिलेको सरकार देशको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको नेता कण्डेलको आरोप ।

0 20

उमेश बि.क
सरावल ,२४ असोज
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले अहिलेको सरकार महामारीको बेलामा पनि देशको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको आरोप लगाएका छन । उनले जनाताको जीवनस्थर सुधार गर्न कदम नचालेको आरोप लगाउदै भ्रस्टाचार द्वन्दहिनता, जस्ता कार्यहरु यो सरकारको पालामा बढेर गएको उनले बताएका छन् । नेपाली काङ्ग्रेस सरावल गा।पा वडा नं। ७ ले आज आयोजना गरेको वडा स्तरीय कार्यकर्ता भेला लाई सम्वोधन गर्दै सो कुरा बताएका हुन । उनले बिपि कोइरालाको पाला देखि नै काङ्ग्रेस समाबेसी रहेको आदिबासी जनजाती,मधेसी ,दलित ,मुस्लिमको निम्ति सम्मान गर्ने पार्टी नेपाली काङ्ग्रेसनै भएको बताए । नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए।

नेपाली काङ्ग्रेस सरावल गा।पा वडा नं। ७ का सभापति सन्जय कुमार मिश्राको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सभापति बिष्णु पौडेलको बिशिस्ट आतिथ्यतामा भेला सम्पन्न् भएको थियो ।

वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय संगठन बिभाग सदस्य मोहन प्रसाद शर्मा ,केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक,जिल्ला सचिव गजानन्द पटेल,महासमिति सदस्य राधेश्याम चौधरी,महासमिति सदस्य अनिल कुमार गौड , नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि उत्तमा राय,जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, प्रदेशसभा सदस्य बैजनाथ जैसवाल ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमिति सभापति बिनोद कुमार पाण्डेय लगाएतको वक्ताहरुले प्रदेश र संघीय सरकार भ्रष्टाचार लिप्त भएको दाबी गर्दै देशमा भ्रष्टाचार रोकथाम गर्न तथा समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएको दाबी गरेका थिए ।

Leave A Reply

Your email address will not be published.