Jilla Ban Notis

अविरल वर्षाका कारण प्रतापपुरमा दुई वटा कच्ची घर भत्कीए ।

0 32

प्रतापपुर,असोज–९
लगातार परेको अविरल वर्षाका कारण नवलपरासीको प्रतापपुर गाउँपालिकाका विभिन्न स्थानमा डुवान हुनुका साथै वडा नं।१ र २ मा दुई वटा कच्ची घर भत्कीएको प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जु चौधरीले जानकारी दिनु भएको छ ।

त्यसैगरी अविरल वर्षाकै कारण वडा नं २, ३, ५, ६ र ७ का २ सय ५० घरमा पानी पसेर क्ष्ँेती गरेको अध्यक्ष चौधरीले बताउनु भयो । अविरल वर्षाले गर्दा पोखरीका माछा बगाउने देखि केरा खेति डुबान र ढलान भएको बताईएको छ । बाढीले प्रतापपुर गाउंपालिका क्षेत्रमा २२ विघाको माछा पोखरीमा नोक्सान पुग्नुका साथै ६५ विघामा लगाईएको केरा खेति नष्ट भएको अध्यक्ष चौधरीले बताउनु भयो ।    https://www.youtube.com/watch?v=_iakwgFPpUc

Leave A Reply

Your email address will not be published.