Jilla Ban Notis

अर्थतन्त्र बलियो नभए श्रमजिवि जनताको हित हुदैन ः मुख्यमन्त्री शंकर पोखरेल

0 47

कृष्ण ढकाल/रामु भुसाल
बर्दघाट,चैत्र–१४
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अर्थतन्त्र बलियो नभए श्रमजिवि जनताको हित नहुने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटि नवलपरासीले बर्दघाटमा आयोजना गरेको छैठौ बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताउनु भएको हो ।
मुलुकमा गरिब जनतालाई सम्बोधन गर्नका लागी अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री पोखेलको भनाई रहेको थियो । सरकारले मात्र अर्थतन्त्रलाई बलियो बनाउन सक्ने सम्भावना नभएको भन्दै पोखरेलले निजि क्षेत्रहरुले समेत अर्थतन्त्रलाई बलियो बनाउने कार्यमा अर्थपूर्ण सहभागिताको अहम भुमिका रहने बताउनु भयएको थियो।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले निजि क्षेत्रले अर्थतन्त्रलाई सफल बनाउन सके सरकार बलियो हुने र सरकार बलियो भए मात्र गरिब जनताको हितमा हुने हुदा सरकारले सोही अनुरुप काम गरिहरेको बताउनु भयो ।
त्यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका भौतीक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले केपी ओली नेतृत्वको सरकारले गरेको लोकप्रिय काम कारण आफ्नै पार्टी भित्रका केही नेताहरु ओलीको विकासको गतीबाट हतासिएको र ओलीको उचाई बढ्ने हो की भन्ने डरले पार्टी भित्रै विषम परिस्थिती सृजना भएको बताउनु भएको थियो। पछिल्लो राजनितिक घटनाक्रमले पार्टीलाई सहि दिशामा ल्याएको र ओलीकै सरकारले देशमा विकासको लहरलाई निरन्तरता दिने समेत बताउनुभयो ।


कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेका नेता राम लखन हरिजन, संविद्यँन सभा सदस्य एवं नेकपा एमाले नेत्री सिन्दु जलेसा,नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सासंद भुमिश्वर ढकाल, लुम्बिनी प्रदेश सासंद एवं नेकपा एमाले नेत्री भगवती भण्डारी, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल लागएतको उपस्थिती रहेको थियो ।

नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न कलाकारहरुले आ आफ्नो प्रस्तुती समेत देखाएका थिए । नेकपा एमाले जिल्ला कििमट सचिवालय सदस्य सुवाष जिसीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सदस्य लेखनाथ खरेलले गर्नुभएको थियो । सो अवसरमा जिल्लामा ७ सय १ सदस्यिय जिल्ला अधिबेशन आयोजक कमिटिलाई मुख्यमन्त्री पोखरेलले सपथ ग्रहण गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.