Jilla Ban Notis

अभिभावकहरुसंग रायसल्लाह लिएर योजना बनाउन नगर प्रमुख बस्यालको निर्देशन ।

0 80

कृष्ण ढकाल
बर्दघाट,भदौं–२४
कोभिड–१९ का कारण लामो समय देखि वन्द रहेका बर्दघाट नगरका विद्यालयहरु संचालनका लागि अभिभावकहरुसंग राय सल्लाह लिएर योजना बनाउन नगर प्रमुख धिरज शर्मा वस्यालले निर्देशन गर्नु भएको छ । आज बर्दघाट नगरपालिकाको सभा हलमा भएको नगरका संस्थागत तथा सामुदायिक विद्यालयका प्र.अ एवं क्यम्पस प्रमुखहरुसंगको छलफल तथा सुझाव संकलन कार्यक्रममा नगर प्रमुख वस्यालले उक्त निर्देशन दिनु भएको हो । बर्दघाट नगरपालिका उप प्रमुख माया देवि पौडेल,प्रमुख प्रसाशकिय अधिकृत मेघनाथ पाध्याय एवं शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुवंर लगाएतको उपस्थिती रहेको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख वस्यालले एक हप्ता भित्र एउटा प्रश्न फारम सहितको सर्वे फारम तयारगरी शिक्षक परिचालनगरेर सुझाव संकलन गर्ने निर्देशन दिनु भएको छ । त्यसैगरी उहांले आजको शिक्षाको विषयमा छलफलका लागि अनिवार्य उपस्थिती भन्दा समेत उपस्थिती नहुने प्र.अ.हरुलाई तत्काल पत्र काटेर त्यसको जवाफ माग्न पनि सम्वन्धित शाखालाई निर्देशन गर्नु भएको थियो ।
अहिलेको अवस्थामा विद्यार्थीलाई अब विद्यालयमा ल्याउनु नै मुख्य चुनौती रहेको बताउदै अब विद्यालयसंग विद्यार्थैहरुलाई जोड्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनु भएको थियो । अहिले नगरका शिक्षासंग सम्वन्धित नगरवासीहरु चिन्तीत भएर लागेमा मात्रपनि राम्रो उपलब्धी हात पार्न सकिने दावी समेत नगर प्रमुख वस्यालले गर्नु भएको थियो ।
शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुवंरको संचालन र नगर प्रमुख वस्यालको अध्यक्षतामा भएको उक्त नगरका संस्थागत तथा सामुदायिक विद्यालयका प्र.अ एवं क्यम्पस प्रमुखहरुसंगको छलफल तथा सुझाव संकलन कार्यक्रममा नगरपालिकाले तिनवटा मोडलमा अब विद्यालयहरुले पढन–पाढन गर्न सक्ने संभावना रहेको प्रस्ताव छलफलमा पेश गरेको थियो ।
पहिलो मोडलमा विद्यार्थीहरुको नामनामेसी सहितको विवरण विद्यालयले तयार गर्ने ,विद्यार्थीको घरमा टेलिभिजन,मोवाईल तथा एफ.एम. भए नभएको पहिचान गर्ने र त्यसको प्रयोग वारे पत्ता लगाउने तथा कुनैपनि पहुच नभएकाहरुको विवरण पनि तयार गर्ने र सोहि अनुसार पढाई शुरु गर्ने जस्ता कुरालाई पहिलो मोडलमा राखिएको थियो ।
त्यसैगरी दोस्रो मोडलमा ईन्टरनेट तथा कम्पुटर,मोवाईको पहुच भएकाहरुलाई अनलाईन कक्षा शुरु गर्ने, नभएकाहरुका लागि क्षेत्रगत रुपमा समुह कक्षा संचालन गर्ने मोड तयार गरीएको थियो भने तेस्रो मोडलका रुपमा जोर विजोर कक्षा तथा विद्यार्थीहरुको संख्याका आधारमा विद्यालयमा बोलाएर अध्यापन गराउने तर स्वास्थ्य मापदण्ड पुरा गर्ने गरी तेस्रो मोडललाई प्रस्तावका रुपमा छलपलमा लगीएको थियो ।
आजको उक्त छलफलमा संस्थागत विद्यालयहरुले पहिलो मोडलमा विद्यार्थीहरुको नामनामेसी सहितको विवरण विद्यालयले तयार गर्ने विषयलाई बढी जोड दिएका थिए भने अन्य विषयमा सामुदायिक विद्यालयले नै समस्याको समाधान खोजी गरीरहेका कारण खासै चासो ब्यक्त गरेका थिएनन् ।
यता गंगावस्ती माविका प्र.अ. रामविलास पौडेलले विगतमा आफुहरुले संचालन गरेको टेलिभिजन तथा रेडियोका कक्षामा हेर्ने र सुन्ने १० जना पनि विद्यार्थी नभएको अनुभव कार्यक्रममा राख्नु भएको थियो भने सरस्वती माविका प्र.अ. सोमनाथ अधिकारीले ११ र १२ गर्दै क्रमशः तलका कक्षाहरु संचालनको तयारी गर्नु पर्ने बताउनु भएको थियो । त्यसैगरी शान्ति निकुञ्ज माविका प्र.अ. विजयरत्न पराजुलीले अनलाईन कक्षा प्रभावकारी नभएको तर होमक डायरी निकै प्रभावकारी भएको बताउदै अब दोस्रो चरणको होमक डायरी बनाउनु पर्ने बताउनु भएको थियो । सोही कार्यक्रममा दाउन्ने देवि माविका प्र.अ. चिरञ्जीवी खनालले नलाईन कक्षामा सबैको पहुच नभएकोले अर्काे बैकल्पीक विधि अपनाउनु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.