Jilla Ban Notis

अभिब्यक्ति स्वतन्त्रता बिरोधी कुनैपनि कानुन पत्रकारहरुका लागि मान्य हुदैन् ःबिपुल पोखरेल

0 36

कृष्ण ढकाल
बर्दघाट,पौष–२३
अभिब्यक्ति स्वतन्त्रता बिरोधी कुनैपनि कानुन पत्रकारहरुका लागि मान्य नहुने नेपाल पत्रकार महासंघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले बताउनु भएको छ । उहांले प्रेस स्वतन्त्रता बिरोधी कुनै पनि गतिविधिहरु महासंघका लागि मान्य नहुने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको ११ औं बार्षिक साधारणसभालाई सम्वोधनगर्दै पोखरेलले सोकुरा बताउनु भएको हो । उहांले कानुन निमार्णका वेला चुकियो भने कुनै पनि वेला प्रेस स्वतन्त्रता गुम्न सक्ने खतरा रहने भएकाले पत्रकारहरु सचेत हुन जरुरी रहेको धारण राख्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहालले कोभिड–१९ को कारण देखाएर कतिपय संचार माध्यामहरुले पत्रकारहरुलाई विदा दिने देखि कामवाट नै हटाउने गरेको पाईएकाले त्यसका विरुद्ध महासंघले वहस पैरवि गर्दै पुर्नवहाली गर्ने कार्यमा लागेको बताउनु भएको थियो ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका जिल्लाअध्यक्ष हरि शर्माको अध्यक्षता र सचिव राजकुमार रेश्मीले संचालन गर्नु भएको कार्यक्रममा केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी, लुम्बिनी प्रदेश उपाध्यक्ष भरत के.सी., महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष दीपक भट्टराई, पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई, पूर्ब अध्यक्ष कुल प्रसाद शर्मा, सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा,प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक,वडाध्यक्ष देवीलाल डुम्रे लगायतले शुभकामना दिनुभएको थियो ।

सभामा महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई, संस्थापक सहसचिब बिष्णुदेवी पाण्डे, संस्थापक सदस्य शान्ता भण्डारीलाई सम्मान गरीएको थियो भने रुपन्देहीवाट नेपाल पत्रकार महासंघको सदस्यता स्थान्तरण गरी नवलपरासी जिल्ला शाखामा आउनु भएका पत्रकार कुस्माकर ढकाल(कृष्ण)लाई स्वागत समेत गरीएको थियो।

सुनवल नगरपालिका – वडा नं ११ बाबा बर्दगोरिया धाममा भएको बार्षिक साधारणसभा ७ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.