Jilla Ban Notis

अबको पांच बर्ष भित्र नवलपरासी जिल्ला पनि शहरीकरण हुन्छ ः मन्त्री चौधरी

0 30

गौरीशंकर जयसवाल

परासी २६ कार्तिक
प्रदेशमा रहेका पिछडीएका जिल्लाहरुलाई शहरीकरण गर्नको निम्ती प्रदेश सरकार बिशेष योजनाका साथ अघि बढेको लुम्बिनी प्रदेशका भौतीक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बताउनु भएको छ । उहांले १२ वटा जिल्ला मध्ये नवलपरासी पनि पिछडिएको जिल्ला मानिएको ले अबको पांच बर्ष भित्र नवलपरासी जिल्ला लाई पनि शहरीकरण गर्ने बताउनु भएको छ ।

आज पश्चिम नवलपरासीको सुनवल १२ फरौलीमा निमार्ण हुन लागेको जलस्रोत तथा सिचाँई बिकास डिभिजन कार्यालय नवलपरासीको भवन शिलान्यास गदै मन्त्री चौधरीले उक्त कुरा बताउनु भएको हो ।
लुम्निबी प्रदेश सरकारका प्रवक्ता समेत रहेका चौधरीले लुम्बिनी प्रदेशका जनताहरु अब पांच बर्षभित्र नदीको पानीवाट तरेर जानु पर्ने बाध्यता हटेने बताउदै त्यस हिसाबले प्रदेश सरकारले काम गरिहेको बताउनु भएको छ ।

त्यस्तै भगवन गौतम बुद्धको अस्तु रहेको रामग्राम स्तुपलाई पर्यकटीय क्षेत्रको बिकासको निम्ती प्रदेश सरकारले बौद्ध संग्रालय निमार्ण गर्न लगेको समेत जानकारी गराउनु भयो । मन्त्री चौधरीले
नवलपरासी जिल्लामा कृषि पेशामा निर्भर हुने गरी किसानहरुको लागि सिचाईका ठूला ठूला निमार्ण आयोजनाहरु सम्पन्न भईसकेको र अब यस बर्ष किसानहरुलाई सुबिधा पुयाउनको लागि ठूला ठूलाहरु सिचाई योजनाहरु निमार्ण हुने बताउनु भएको थियो।

भवन शिलान्यास कार्यक्रम सुनवल नगरपालिका वडा नं १२ का वडाध्यक्ष यमलाल पाण्डेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतीक पूर्वाधार बिकासमन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेस सदस्य बैजनाथ जैसवाल,सुनवल नगरपालिकाका उपप्रमुख दधिराम आर्यल,बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्माबस्याल,समाज सेवी रमेश श्रेष्ठ लगायतल बोल्नु भएको थियो। उक्त भवन दुई करोड ६३ लाख लगतमा निमार्ण हुने शहरी बिकास डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख गोबिन्द गौैतमले जानकारी दिएनु भएको छ।

उक्त भवन ७.५ कठ्ठा क्षेत्रफलमा तीन तल्ले भवन निमार्ण गरीदै छ भने निमार्णको जिम्मा बाबुल निमार्ण सेवा रुपन्देहीले पाएको गौतमले बताउनु भयो । जलस्रोत तथा सिचाँई बिकास डिभिजन कार्यालयमा एक कार्यालय प्रमुख ईन्जिनीयर,कम्युटर अपरेटर,प्रशासन, लेखा कर्मचारी सहित १६ जनाको दरवन्दी रहेको जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.