Sarawal sit lahar Notis

अबको आन्दोलन बिकास र समृद्धिको : चौधरी

0 35

कार्तिक २४
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले राष्ट्र परिवर्तनका लागि सबै आन्दोलन सकिएको बताएका छन।अबको यात्रा अबको आन्दोलन बिकास र समृद्धिका लागि हुनुपर्ने उल्लेख गरे।

अब आन्दोलन भएछ भनेपनी परिवर्तन र बिकासका लागि हुन्छ पछाडि फर्किएर होइन अब अगाडिको यात्रा तय गरौ चौधरीले भने ।प्रचारप्रसार का लागि बर्दघाट १० अलावल पुगेका चौधरीले सधै चुनाव जितेर जानेहरुलाई जनताले कठघरामा उभ्याएर प्रश्न गर्नु पर्ने बताए।

युवा पुस्ता जागरुक भएर एक नेतृत्वलाई घच्घच्याउनु पर्ने बताउदै आर्थिक रुपान्तरणका लागि भिजन सहितको नेतृत्वलाई अघि सार्नु पर्ने तर्क व्यक्त गरे।
म सबै वडाहरु डुलिरहेको छु केही क्षेत्रमा बिकास नै नभएको पनि होइन तर एउटा क्षेत्र बिकासको गतिमा बढ्दा अर्को क्षेत्र सामान्य रुपमा पनि परिवर्तन हुन नसक्नु बिकेन्दृकरणको आभास भएन उनले भने।कति पय क्षेत्र यति सम्म देखे जहाँ जनताका आधारभूत आवस्यकता समेत पूरा भएका छैनन उनले भने।

अस्पताल छ गुणस्तरीय स्वास्थ्य सेवा छैन,डाक्टर छैनन,तलब खुवाउने अवस्था छैन,बिधालय छन गुणस्तरीय शिक्षा छैन उनले भने यी समस्याहरूको दीर्घकालीन समाधानमा स्पष्ट खाका कोर्न आवस्यक रहेको चौधरीले बताए।

हरेक समस्याको समाधान छ त्यसकालागी एउटा निश्चित लक्ष्य र सकारात्मक सोच हुनुपर्ने धारणा व्यक्त गरे।ठुला गफ होइन साना गफले पनि ठुला काम गर्न सकिने हुदा आफ्नो मुल एजेन्डा नै सर्वाङ्गिण बिकास भएको चौधरीको भनाई थियो।

Leave A Reply

Your email address will not be published.