Jilla Ban Notis

प्रतापपुर गाउँपालिकाद्धारा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पञ्चवर्षे रणनितिक योजनातय ।

0 29

कृष्ण ढकाल
बर्दघाटअसार–२१

नवलपरासीको प्रतापपुर गाउँपालिकाले आफ्नो पालिकाको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पञ्चवर्षे रणनितिक योजना तयगरेको छ । आज एक कार्यक्रमका बिच उक्त पञ्चवर्षे रणनितिक योजनाको स्वास्थ्य प्रणाली सुदृढीकरण प्रतिवेदन विमोचन गरीएको थियो ।

प्रतापपुर गाउँपालिकाकी कार्यवहाक अध्यक्ष अञ्जु कुमारी चौधरी र जनस्वास्थ्य कार्यालय नवलपरासीका निमित्य कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले संयुक्त रुपमा उक्त प्रतिवेदनको विमोचान गर्नुृभएको थियो ।

विमोचान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले प्रतापपुरको स्वास्थ्य प्रणालीलाई थप सुदृढ गर्नकालागि विभिन्न सातवटा संघ संस्थाहरुले सहयोग गर्दे आएकोले पालिकाले पनि अहिले तयगरीको स्वास्थ्य प्रणाली सुदृढीकरण प्रतिवेदनलाई हुबहु कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी जनस्वास्थ्य कार्यालय नवलपरासीका निमित्य कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले निति,विधि र योजनाहरु बनाएर मात्र नहुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो कार्यालय कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गर्नु भएको थियो । उहांले ५ पटक सम्म कार्यशाला गोष्ठी गरेर त्यसको निचोडमा १ सय १४ सुचाङ्क रहेको प्रतिवेदन तयार भएको बताउनु भएको थियो।

ए.सि. एफ. नामक संस्थाको आयोजनामा आज बर्दघाटमा भएको प्रतापपुर गाउँपालिकाको स्वास्थ्य प्रणाली सुदृढीकरण प्रतिवेदन विमोचन कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र प्रसाद लामिछानेले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पालिकामा २०७६ भदौ २ गतेवाट कार्य थालनी गरी आज प्रतिवेदन सार्वजनीक गरीएको बताउनु भएको थियो ।

कार्यक्रममा कोभिड–१९ वाट बच्न स्वास्थ्यका मापदण्डहरु विषयमा सुजना सिल्वाल र प्रतापपुर गाउँपालिकाको स्वास्थ्य प्रणाली सुदृढीकरणको कार्ययोजनाका विषयमा सुजय नेपाली भट्टाचार्यले सहजीकरण गर्नु भएको थियो ।

पश्चिम नवलपरासीमा सातवटा पालिकाहरु मध्ये प्रतापपुर गाउँपालिका र रामग्राम नगरपालिकाले मात्र यस प्रकारको पालिकाको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि रणनितिक योजना तयगरेका छन् ।

Leave A Reply

Your email address will not be published.