Jilla Ban Notis

सरावल गाउँपालिकाद्धारा ३३ करोड ७ लाख ४० हजार बराबरको बजेट प्रस्तुत

स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता

0 20

कृष्ण ढकाल

बर्दघाट,असार–११
नवलपरासी जिल्लाको सरावल गाउँपालिकाले ३३ करोड ७ लाख ४० हजार बराबरको बजेट प्रस्तुत गरेको छ । सर्शत अन्र्तगतका बजेट समावेश नगरीकन ल्याईएको बजेटमा सरावल गाउँपालिकाले स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा दिएर बजेट ल्याएको छ ।

सरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले प्रस्तुत गर्नु भएको आ.ब.२०७८/०८९ को बजेट,निति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिईएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पौडेलले जानकारी दिनुभएको छ । सरावलक्ष्ँेत्रको मुख्य उत्पादन हुने कृषिक्षेत्रमा वर्षायाममा बाढिको डुबान हुने भएकाले हिउँदे बालीलाई प्रर्वद्धन गर्न े खालको बजेट विनियोजन गरिएको छ ।
यस्तै एक वडा एक उत्पादन कार्यक्रम देखि हार्वेस्टिङ्ग सेन्टर स्थापना सम्मका योजनाहरुलाई समेटेर पालिकाले बजेट विनियोजन गरि गाउँसभामा प्रस्तुत गरेको थियो ।

सरावल गाउँपालिकाको आठौं गाउँसभाले  एम.बि.एस. डाक्टरको दरवन्दी सृजना गर्ने देखि किसानहरुलाई प्रोत्सान गर्नका लागि दुधमा प्रतिलिटर एक रुपैया अनुदान दिने सम्मका निति ल्याईएको सरावल गाउँपालिकाअध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ । त्यसैगरी जेष्ठ नगारीक,अपाङ्ग,महिला स्वास्थ्य स्वयमसेविका र एकल महिलाहरुका लागि स्वास्थ्य सेवा लिदा ल्याव परिक्षणमा पचास प्रतिशत छुटदिने निति ल्याईएको बताउनु भएको छ । त्यसैगरी गतवर्षका धेरैजसो योजनाहरुलाई पनि निरन्तरता दिदै अघि बढ्ने योजना ल्याएको अध्यक्ष चौधरीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.