Bardaghat Na pa

चिसोलाई मध्यनजर गर्दै जाडो छल्नको लागी  सामुदायिक वनहरुले  दाउरा वितरण गर्दै

102

बर्दघाट,पौष–८

पशिचम नवलपरासीमा विगत केही देखी बढेको चिसोलाई मध्यनजर गर्दै जाडो छल्नको लागी जिल्लाका सामुदायिक वनहरुले काठ दाउरा वितरण गरेका छन । जिल्लाको सरावल, सुनवल, रामग्राम, बर्दघाट लगाएतका पालिकाहरुका केही सामदायिक वनहरुले आफ्नो कार्य क्षेत्रभित्र पर्ने उपभोक्तालाई लक्षित गर्दै निशुल्क काठ दाउरा बाडेका हुन । त्यस्तै, बर्दघाट वडा नम्बर २ मा अवस्थित चिसापानी सामुदायिक वनले विगत केही देखी बढेको चिसोलाई मध्यनजर गर्दै जाडो छल्नको लागी काठ दाउरा वितरण गरेको छ । वनले आफ्नो वन क्षेत्र भित्र पर्ने उपभोक्ताहरुलाई लक्षित गरि विभिन्न टोल तथा समुदायमा निशुल्क काठ दाउरा वितरण गरेको हो । वनको समाजिक उत्तरदायित्व तथा विपत ब्यवस्थापनमा टेवा पुग्ने उदेश्यले विभिन्न टोलका गरिब, विपन्न तथा घनाबस्ती भएका समुदायामा सो काठ दाउरा वितरण गरेको सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुगले जानकारी दिनुभएको छ । त्यस्तै वनले बजार क्षेत्रका विभिन्न चोक तथा स्थानमा समेत काठ दाउरा वितरण गरेको छ । साविकको ६ वटा गाविस माकर, जहदा, सरावल, बडहरा दुबौलिया, रामपुर खडौना र रम्पुरवाका विभिन्न वडाहरुमा कार्यक्षेत्र रहेको यस वनको ३३ सय ५० घरधुरी रहेकोमा १८ हजार ५ सय ५० उपभोक्ता रहेका छन ।