Bardaghat Na pa

रामग्राम नगरपालिकामा सबैभन्दा बढि बालबालिकामा कुपाेषण भेटिए 

524

गाैरीशंकर जयसवाल

परासी २२ जेठ

जिल्ला स्तरीय सराेकारवालाहरूसंग समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।बेश नेपाल नवलपरासीले जिल्लामा संचालित  पाेषण मार्फत जीवन रूपान्तरण परियाेजना संचालन गरेकाे कार्यक्रमहरूकाे जिल्ला स्तरीय सराेकारवालाहरूसंग समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे ।

पश्चिम नवलपरासीमा पाँच वर्ष मुनिका बालबालिकाकामा कुषोषणको अवस्था बारे जानकारी गराईएकाे थियाे  । स्थानीय तह संगको समन्वयमा हेलेन केलर ईन्टरनेशनलले बेस नेपाल मार्फत संञ्चालन गरेको पोषणमार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत जिल्लाका सातै स्थानीय तहमा जारी पोषण लेखाजोखाका गर्ने कार्य गदै आएकाे छ ।

जिल्लामा जारी बालबालिकाको पोषण लेखाजोखाका क्रममा २२ हजार ६सय ५४ जना बालबालिकाको जाँच गर्दा १३ दशमलव प्रतिशत कुपाेषित देखिएकाे बेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोखरेलले जानकारी दिए ।

उनकाे २ हजार ६ ९३ जनामा मध्यम कुषोषण र दुई सय ५० जनामा कडा खालको कुपोषण फेला परेको बताए । जिल्लाका ६ महिना देखि ५९ महिना सम्मका कुल २२ हजार ६३६ जना बालालिकाको पोषण लेखाजोखा गर्ने लक्ष्य लिइएकोमा  २२ हजार ६सय ५४ जना बालबालिकाकाे पाेषणकाे लेखाजोखा गरिएकाे संयाेजकले पाेख्ररेलले बताए ।

रामग्राम नगरपालिकामा सबैभन्दा बढि कुपाेषण बालबालिका भेटिएकाे छ भने सबेैभन्दा कम कडा कुपोषण मा सुनवल नगरपालिका रहेकाे छ।सुनवलमा नगरपालिका नगरपालिका तीन हजार २७ जनालाई लेखाजोखा गर्दा ४ सय ६३ जना मध्यम कुपोषण र १५ कडा कुपोषण बालबालिका भेटिएको छ ।रामग्राम नगरपालिकामा तीन हजार १ सय ९३ लेखाजोखा परीक्षण गर्दा ४ सय ६३ जना मध्यम र ४७ जना कडा कुपोषण बालबालिका भेटिएका छन ।

बर्दघाट नगरपालिकामा तीन हजार ८सय ७ जना लेखाजोखा गरिएको जसमध्ये तीन सय ४८ जना र कडाखालकाे ४४ जना बालबालिका देखिएकाे छ ।त्यस्तै सुस्ता गाउँपालिकामा २ हजार ३ सय ९३ जना बालबालिका लेखाजोखा गर्दा ३सय ११जना मध्यम खालकाे र ३७ कडाल खालकाे कुपोषण  तथा सरावल गाउँपालिकामा  २ हजार १ सय ४१ जना  बालबालिकालाई लेखाजोखा गरिएकोमध्ये ४५० जना मध्यम र ३० कडा कुपोषण भेटिएकाे छ ।

यस्तै प्रतापपुर गाउँपालिकामा २ हजार चार सय ५० जना  बालबालिकालाई लेखाजोखा गर्दा चार सय ६८ जना मध्यम र ३६ जना कडाखालकाे कुपोषण देखिएकाे तथा पाल्हीनन्दन गाउँपालिकामा २ हजार १ सय १ जनालाई लेखाजाेखा गर्दा २ सय ९८ जना मध्यम र ४१ जना कडाखालकाे बनलबालिकालाई कुपोषण देखिएकाे बेन नेपालले जनाएको छ ।मध्यम कुपोषण भएका बालबालिकाहरुलाई स्वास्थ्य संस्थाहरुले उपचारात्मक खाना(सुपरसिरियल प्लस) खुवाउन सुरु गरेका छन् भने कडा कुपोषणमा रहेका बालबालिकाहरुलाई नेपाल सरकारबाट प्राप्त आ.यु.टि.एफ.खुवाईएको छ ।

यसका साथै कुपोषित बालबालिकाको घरघरमा पुगेर बालबालिकाहरुलाई उपलब्ध गराइएको उपचारात्मक खाना खुवाए नखुवाएको, बालबालिकाको स्वास्थ्य सुधारको अवस्था तथा सरसफाई र खानपानका बारेमा घरघरमा पुगेर परामर्श गर्ने कार्यलाई समेत अगाडि बढाईएको कार्यक्रम संयोजक पोखरेलले बताए  ।