Jilla Ban Notis

अग्नि पीडित घर परिवारका २० जनालाई राहत समाग्री बितरण

0 161

परासी, चैत्र १४
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वाड नम्बर ४ मा रहेका अग्नि पीडित घर परिवारका २० जनालाई एक कार्यक्रमका बिच राहत समाग्री बितरण गरिएको छ । प्रतापपुर गाउपालिकाका प्रमुख कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीको विशेष पहलमा नमुना एकीकृत बिकास परिषद भैरहवाबाट प्राप्त सहयोग सामग्री समेत अग्नि पीडितलाइ हस्तान्तरण गरिएको छ । तत्कालै आवस्यक पर्ने २ वटा कम्बल, खाना पकाउने भाडा, बाल्टी, साडी बुलाउज लगायतका समाग्री बितरण गरिएको हो ।

अग्नि पीडितलाई प्रतापपुर गाउपालिकाले प्रती घर परिवार १० हजारका दरले वार्ड नम्बर २ र ४ मा गरि ४ घर परिवारलाई ४० हजार रुपैयाँ प्रदान गरिसकेको छ । भने बिहिबार नै गाउपालिका अध्यक्ष चौधरी आफ्नो व्यक्तिगत रुपमा अग्नि पीडित घर परिवारहरुलाई ५ हजार बराबरको खाधान्न प्रदान गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.