sunwal

बर्दघाट नगरपालिकाद्धारा किसानहरुलाई तरकारीको विउ वितरण ।

123

बर्दघाट,माघ–२५
बर्दघाट नगरपालिकाले बांझो जग्गामा कृषि उत्पादन कार्य शुरु गरेको छ । किसानहरुलाई बांझो रहेको जग्गामा कृषि उत्पादन गर्नका लागि प्रेरीत गर्ने उद्धेश्यले समुहगत रुपमा तरकारीको विऊ वितरण गरेको नगरपालिकाका जेटीए खुमाकान्त न्यौपानेले जानकारी गराउनु भएको छ ।
बर्दघाट नगरपालिकाले आईतवार नगरको वडा नम्वर १६ मा एक कार्यक्रम गरी समुह गत खेती गर्ने किसानहरुका लागि बोडी,घिरौंला,लौका लगाएतका तरकारीहरुको विउ वितरण गरेको थियो ।
नगर प्रमुख धिरज शर्मा बस्यालले विउ वितरण गनु भएके थियो भने कृषि शाखा प्रमुख युवराज लम्सालको किसानहरुलाई माटोलाई चाहिने खाद्यय तत्वर विउ विजन तथा विरुवाकाो वारेमा जानकारी गराउनु भएको न्यौपानेले जानकारी गराउनु भएके छ ।