sunwal

सर्बाग्ङिण कृषि सहकारी संस्थाको अध्यक्षमा पुन खगराज उपाध्याय ।

156

रमेश भुसाल 

सुनवल,पुस ४
सर्बाग्ङिण कृषि सहकारी संस्था सुनवल १ को २० औं बार्षिक साधारण सभा तथा अधिवेश सम्पन्न भएको छ । अधिवेशनले पुन खगराज उपाध्यायलाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको छ । सर्बसम्मतबाटै उपाध्यक्षमा रुद्रनाथ लामिछाने, सचिव कृष्ण अर्याल र कोषाध्यक्षमा सुर्वणराज उपाध्याय चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा लाल वहादुर चोखाल, कृष्ण वहादुर क्षेत्री, डिलाराम पाण्डेय,मिना कुमारी पाण्डेय,माया पौडेल , लक्ष्मी अधिकारी र राधा अर्याल चयन हुनुभएको छ । त्यसै गरि लेखा समितिमा दिपेन्द्र शर्माको संयोजकत्वमा सिता तिमिल्सीना र दिनेश गुरुङ गरि तिन सदस्य चयन हुनु भएको संस्थाका कोषाध्यक्ष सुर्वणराज उपाध्यायले जानकारी दिनुभयो ।

समापन सत्र संस्थाका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा संस्थाका पुर्व अध्यक्ष यज्ञराज उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेशम प्रसाद शर्मा, कृष्ण वन्धु अर्याल, टिकाराम तिमिल्सीना,रुद्रनाथ लामिछाने लगाएत बोल्दै शुभकामना व्यक्त गर्नुभएको संस्थाका सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।