sunwal

संविद्यान दिवसका अवसरमा शहिद तथा वेपत्ता परिवारलाई सम्मान

513

कृष्ण ढकाल

बर्दघाट,असोज–२

बर्दघाट नगरपालिकाले संविद्यान दिवस तथा राष्ट्रिय शिक्ष्ाँ दिवसको अवसर पारेर बिभिन्न आन्दोलनका शहिद तथा वेपत्ता परिवारलाई सम्मान गर्ने कार्य सम्पन्न गरेको छ ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरका १२ जना शहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गरीएको थियो । बर्दघाट नगरको रेकर्ड अनुसार नगरमा १६ जना शहिद तथा वेपत्ता भएका ब्यक्तिहरुको मात्र तथ्याङ रहेको नगरको महिला तथा बालबालिका शाखा प्रमुख मालती लम्सालले बताउनु भएको छ ।

शुक्रवार नगरपालिकाको सभाहलमा आयोजति कार्यक्रममा शहिद परिवारका तर्फबाट बोल्दै अर्जुन खनालले राज्य ब्यवस्था परिर्वतनका लागी संघर्षगर्दा शहिद भएका आफ्ना अभिभावकहरुको योग्दानको दिर्घकालिन  चिनारीका लागि स्थानिय सरकारले शालीक निमार्ण नर्गु पर्ने माग राख्नु भएको थियो । उहाँले सरकारले शहिद परिवारका सदस्यहरुलाई पढ्नका लागि कोटा निर्धारण गरेको र सोही कोटाबाट आफुले पनि अध्ययन गरेर अहिले चितवनमा प्रध्यापन गरेको भएपनि अध्ययन पछि जागीरका लागि कोटा नदिएको गुनासो गर्नु भएको थियो ।

बर्दघाट नगरपालिकाका योजना शाखा प्रमुख तथा सुचना अधिकारी पुष्कर काफ्लेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरमा आफु निर्वाचीत भएर आएसँगै पहिलो कार्यपालिकाको बैठकको निर्णयबाट नै बिभिन्न आन्दोलनका शहिद तथा वेपत्ता परिवारको सम्मान स्वरुप मासिक २ हजार रुपैया सहयोग गर्दै आएको बताउनु भएको थियो । नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरक्षेत्रका कुनै पनि शहिदहरुको फोटो उपलब्ध गराएमा नगरले प्रर्बघन गरेको बर्दघाट–१० आम्वास क्षेत्रको शहिद पार्कमा शालिक निमार्ण गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले शहिद तथा वेपत्ता परिवारको सम्मानका लागि नगरले थोरै भएपनि सहयोगको शुरुवाद गरेको बताउदै शहिद तथा वेपत्ता परिवारका आवाज र उनीहरुको अवस्थाका वारेमा उजागर गर्न पत्रकारहरुलाई बिषेश आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा शहिद तथा ब्यपत्ता बढीभएको वडा नं. १ का वडाध्यक्ष संदिप सापकोटा ,नगरका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल लगाएतले आफ्ना भनाईहरु राख्नु भएको थियो ।