कृष्ण ढकाल
बर्दघाट,भदौ–३१
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला समिति नवलपरासीले एकदिने क्षमता अभिबृद्धि तथा अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
तालिममा सरावल,सुनवल,रामग्राम र पाल्हिन्दन गरी चार पालिकाका १७ खानेपानी संस्थाका कार्यसमिति र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तालिममा बर्दघाट नगरपालिका वासशाखा प्रमुख कृष्णहरि पौडेलले खानेपानी सुरक्षा योजना टोली गठन,नेतृत्व र भुमिका तथा जिम्मेवारीका वारेमा सहजीकरण गर्नु भएको थियो भने दिब्यज्योती बहुमुखि क्याम्पसका सह–प्रध्यापक मणीपाण्डेले संस्थाको ब्यवस्थापकिय पक्षसंगै योजना निमार्ण,कार्ययोजना,कर्मचारी ब्यवस्थापन र नियन्त्रण लगाएतका वारेमा सहजीकरण गर्नु भएको थियो ।
त्यसैगरी खानेपानी तथा सरसफाई कार्यालका सव–इन्जिनीयर विद्यान कंडेलले खानेपानी र सरसफाई तथा पलम्विङ्गका वारेमा सहजीकरण गर्नु भएको थियो ।
महासंघका जिल्ला अध्यक्ष गुप्त बहादुर के.सी.को अध्यक्षता र सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि अर्यालले राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला समिति नवलपरासीले जिल्लाका सबै खानेपानी आयोजनाहरुलाई संगठीत रुपमा मजबुत गरेर अघिबढाउनका लागि शुभकामना दिनु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ केन्द्रिय सदस्य दिपक लम्सालले सबै खानेपानी संस्थाहरुले अब शुद्ध र गुणस्तर खानेपानी वितरण साँगे सरफाइका कामहरुलाई पनि अघि बढाउन आग्रह गर्नु भएको थियो । उहाँले केन्द्रिय स्तरमा नवलपरासीलाई सधैभरी आर्सनीक बढीएको जिल्लाका रुपमा हेर्ने गरेको प्रति चिन्ता ब्यक्तगर्दै अब केन्द्रिय फोरमहरुमा समेत आफुले पहिलेको जस्तो अवस्था नरहेको जानकारी गराएको बताउनु भयो ।
तथ्याङ्कगत रुपमा ८६ वटा खानेपानी आयोजनाहरु रहेको पश्चिम नवलपरासी जिल्लामा अहिले साना ठूलागरी ३५ वटा आयोजना सञ्चालनमा रहेको र तिनवटा सञ्चालनहुन नसकेको फिल्डमा भेटिए पनि अरु वँकी खानेपानीका आयोजनाहरु कहाँ कस्तो झोलामा छन भुगोलमा खोज्दा नपाइएको राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला समिति नवलपरासीका अध्यक्ष गुप्त बहादुर के.सी.ले बताउनु भएको छ ।

महासंघका महासचिव केशव न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला समिति नवलपरासीका निर्वतमान अध्यक्ष राजकुमार क्षेष्ठ,रामनगर वृहत खानेपानी संस्थाका ब्यवस्थापक कमल न्यौपाने,बर्दघाट प्रेस क्लबका अध्यक्ष कृष्ण ढकाल लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो भने कार्यक्रममा महासंघकी जिल्ला उपाध्यक्ष मञ्जु न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
