कृष्ण ढकाल
बर्दघाट असोज -१
बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको दिव्य ज्योति माध्यमिक विद्यालयका नवनियुक्त प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीलाई आज एक कार्यक्रमका बीच विधालयका सस्थापक प्रधानाध्यापक दिनानाथ अधिकारीबाट पदस्थापना गराइएको छ।

शिक्षा नियमावली २०५९( दशौ संशोधन) बमोजिम प्रधानाध्यापक पदमा छनौट प्रक्रियाबाट बर्दघाट नगरपालिकाले दिब्यज्याेति माध्यमिक विद्यालय , बर्दघाट -२ चिसापानीमा नियुक्ति दिएसँगै कृष्णप्रसाद अधिकारीलाई आज विद्यालय व्यवस्थापन समितिले एक कार्यक्रमका बीच स्वागत सहित पदस्थापन गराएको हो।

निमित्त प्र.अ. कल्पना ज्ञवालीको स्वागत र शिक्षक सभ्यता पछाईकाे सञ्चालनमा भएकाे कार्यक्रममा संविधान सभा सदस्य सिन्धु जलेसा,वडाध्यक्ष गणेश बहादुर क्षेत्री,विधालय ब्यबस्थापन समिति सल्लाहकारहरुकाे तर्फबाट सदानन्द पाण्डे लगाएतले आ-आफ्नोतर्फबाट शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले आफूले काम गर्दै आएको विद्यालयमा प्र.अ.को जिम्मेवारी पाएसँगै अब ग्रिन विधालयका रुपमा विकास गर्ने बाउदै अझ राम्रो बनाउनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउँदै त्यसका लागि विद्यालय व्यवस्थापन समिति , अभिभावक ,शिक्षक ,कर्मचारी, विद्यार्थी र सराेकारवाला निकाय सबैले साथ दिन जरुरी रहेकोमा जोड दिनुभएको थियो ।
