कृष्ण ढकाल
बर्दघाट,असोज–२
आधारभूत स्वास्थ्य सेवा केन्द्र, बर्दघाट –४ को आयोजनामा डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। नगरवासीहरुलाई डेंगु रोगबाट सुरक्षित रहन र समुदायमा प्रभावकारी जनचेतना जगाउने उद्देश्यले आज आधारभूत स्वास्थ्य सेवा बर्दघाटले डेंगु नियन्त्रणसम्बन्धी सचेतनामूलक र्याली सहितको कार्यक्रम सञ्चालन गरेको सेवा केन्द्रकी इञ्चार्ज तथा स्वास्थ्यकर्मी सुदीपा शर्माले बताउनु भएको छ ।
सेवा केन्द्रवाट शुरु भएको उक्त सचेतना मुलक र्याली कार्यक्रममा नगर पालिकाका जनप्रतिनिधिहरु देखि कर्मचारीहरु,वडा नं. ४ का बिभिन्न सामाजिक संघ संस्थाका पदाधिकारी तथा सदस्यहरु,टोल विकास समितिहरु,प्रहरी प्रशासन लगाएतको सक्रिय सहभागिता रहेको थियो ।

र्याली पश्चात भएको कोण सभा वडा नं ४ का वडा जनप्रतिनिधि जनकबहादुर रावलको अध्यक्षता र बर्दघाट नगरपालिकाका उप–प्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सेवा केन्द्रकी इञ्चार्ज तथा स्वास्थ्यकर्मी सुदीपा शर्माले गर्नु भएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य मन्जु शर्मा चालिसे , बर्दघाट नगरस्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत कृष्णहरि पौडेल लगाएतले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।
