Jilla Ban Notis

कोभिड–१९ मा एचआइभि र यसको प्रभाव विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न ।

0 24

बर्दघाट,मंसीर–१६

रामु भुसाल

“एचआईभी नियन्त्रण तथा रोकथामको लागि बिश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी” भन्ने मुल नाराका साथ ३३ औ विश्व एड्स दिवसको अवसरमा कोभिड १९ मा एचआइभि र यसको प्रभाव विषयक अन्र्तकृया कार्यक्रम मंगलबार परासीमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको आयोजना र सो क्षेत्रमा कार्यरत गैर सरकरी सस्थाहरु, आस्था समुह, सहभागी शसक्तीकरण नेपाल, एस सी डिएस, लुम्बिनी प्लस र राष्ट्रिय परिवार नियोजन संघको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य कार्यालय नवलपरासीका निमित कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलको अध्यक्षता तथा पृथ्वी चन्द्र अस्पताल परासीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नुरुल होदाको प्रमुख आतिथ्यतामा बोल्दै डाक्टर होदाले एचआइभि एड्स भएकाहरुलाई समाजले हेर्ने दृष्टीकोणमा परिवर्तन नआएसम्म पिडित खुलेर समाजमा आउन नसक्ने बताउदै उनिहरुलाई समाजले गर्ने विभेद र लान्छनामा सोच परिवर्नत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लाको एचआइभि अवस्था र चुनातीका बारेमा कार्यपत्र प्रस्तुत गर्दै आस्था समुह नवलपारसीका समयोजक चेत नारायण भण्डारीले पश्चिम नवलपारसीमा एभआइभि संक्रमितको अनुमानित संख्या ४ सय २७ रहेको र हाल सम्म ३ सय १४ एचआइभि परिक्षण पश्चात संक्रमित देखिएको जसमा १ सय ६४ जना पुरुष, १ सय ४२ जना महिला र ८ जना तेस्रो लिंगी रहेको बताउदै जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा सञ्चालित एआइटी केन्द्रबाट २ सय ३८ जनाले नियमित सेवा लिइरहेकोमा बाकी ३३ जनाको मृत्यु भएको र २० जना अन्य जिल्ला स्थित आर्टि केन्द्राट सेवा लिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि श्र्मा, लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेल, नेपाल परिवार नियोजन संघका सञ्जय श्रेष्ठ, शसक्तीकरण नेपालकी प्ुष्पा लामा, स्वास्थ्य कार्यालयका मलेरिया ईन्स्पेक्टर देवीलाल पौडेल लगाएतले मन्तब्य राख्दै सहभागिको जिज्ञासाको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सरोकारवाला र प्रभावित लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.