sunwal

सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार

541

कृष्ण ढकाल

बुटवल, असोज- ४

बुटवल महानगरपालिका वडा नम्बर ६ मा रहेको सुन्दरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित हुनुभएको छ।

बुटवल उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको संस्थाको १३ औँ साधारणसभा तथा पाँचौ अधिवेशनबाट परियारले २ सय ३२ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै अध्यक्षका अर्का प्रत्याशि रिमकुमारी श्रेष्ठले १ सय ६२ मत प्राप्त गरी उपविजयी हुनुभएको थियो।

अध्यक्ष बाहेक संस्थाको सबै पद सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । उपाध्यक्षमा प्रकाश खनाल, सचिवमा शंकर काफ्ले, कोषाध्यक्षमा थर्कराज खडाल र सहसचिवमा विजया पुनमगर चयन भइसक्नुभएको निर्वाचन मण्डलका संयोजक बलराम न्यौपानेले बताउनु भएको छ।

यस्तै सदस्यमा राजकुमार गुप्ता, नजिर हुसेन नदाफ, राजु शाही, देवि विश्वकर्मा, कमला श्रेष्ठ, सन्जय विसि र सिता जोशि रहनु भएकाे छ ।

त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा धुवराज खनाल र सदस्य गिरिराज भुषाल र्निविरोध निर्वाचित हुनुभएको हो।

६ सय ७८ कुल उपभोक्ता रहेको सुन्दरनगर खानेपानीमा निर्वाचनको समयमा ४ सय १७ मत खसेको थियो भने २३ मत बदर भएको थियो।

सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष वीरमान लामाको अध्यक्षता र बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालको प्रमुख अतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले सुन्दरनगरमा पहिले सुरुमा पानीको हाहाकार भएपनि अहिलेको समयमा स्वच्छ शुद्ध र गुणस्तर खानेपानी वितरण गर्न सफल भएकोप्रति अध्यक्ष लामा सहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको भएको थियो।

संस्थाका उपाध्यक्ष शंकर परियारको स्वागत मन्तव्य र सचिव प्रकाश खनालको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष रिमकुमारी श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा जेष्ठ नागरिक र गरिब तथा जेनदार विद्यार्थीलाई आर्थिक सहयोगसमेत गरिएको थियो।