Jilla Ban Notis

भारत तर्फ लैजान डुङ्गामा राखिएको अबैध केराउ बरामद ।

0 21

श्याम थापा
सुस्ता १७ कार्तिक
भारत तर्फ लैजान डुङ्गामा राखिएको अबैध मटर ९केराउ० बरामद गरीएको छ । नवलपरासीको सुस्ता ५ सकरदिन्हीमा रहेको शिव शक्ति युवा क्लब,ईलाका प्रहरी कार्यालय बेलाटारी र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बलिनगरले भारत तर्फ लैजान डुङ्गामा राखिएको अबैध सेतो मटर  राती बरामद गरेको छ ।
गएराती शिव शक्ति युवा क्लबका पदाधिकारी,ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डे र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बलिनगरका सशस्त्र प्रहरी निरीक्षक धन बहादुर रानाको संयुक्त गस्ती टोलीले रातीको करिब १० बजेको समयमा सुस्ता ५ पक्लिहवाको ठोक्कर न ५ स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा २ वटा डुङ्गामा राखिएको ७० क्युन्टल अर्थात १३० बोरा करिब ४ लाख २५ हजार बराबरको सेतो मटर केराउ गस्ती टोलीले बरामद गरेको शिव शक्ति युवा क्लब सुस्ता ५ सकरदिन्हीका अध्यक्ष टेक बहादुर मगरले बताएका छ्न ।
क्लबका अध्यक्ष मगरको अनुसार क्लबका पदाधिकारीहरु नारायणी नदिको किनारमा घुम्नेको क्रममा २ वटा डुङ्गामा १ सय ३० बोरा अर्थात ७० क्युन्टल सेतो मटर ९केराउ० लोड गरिएको अवस्थामा देखेपछि प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेको उनले बताए ।

गस्ती गर्ने क्रममा नारायणी नदिको किनारमा पुग्दा बोरा जस्तो देखिएपछि नजिक पुगेर हेर्दा मटर ९केराउ० रहेको र प्रहरीको गाडी देखेर तस्कर भागेको हुनु पर्ने अनुमान ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए ।
बरामद भएको मटर आवश्यक कामकारबाहीको लागी भन्सार कार्यालय महेशपुर नवलपरासीमा पठाइने ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक पाण्डेले सुस्ता सन्देशलाई जानकारी दिएका छ्न । भने मटर केराउ लोड गरिएको २ वटा डुङ्गा पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.