sunwal

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

538

भैरहवा, १४ साउन

गुरु पूर्णिमाको अवसरमा नेपाल फूल कन्ट्याक्ट कराते महासंघ, रुपन्देहीले बुधबार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
महासंघ, रुपन्देहीका अध्यक्ष सुरज ढकालको अध्यक्षता तथा लुम्बिनी क्योकुसिन कराते संघका अध्यक्ष करुणानिधि त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण बर्नवालले गर्नु भएको थियो ।
कार्यक्रममा वक्ताहरुले गुरुको महत्वको बारेमा चर्चा गरेका थिए । उनीहरुले अन्धकारबाट उज्यालोतर्फ डोर्याउने गुरुहरुलाई बिर्सन नहुने र सदैव सम्मान गर्नुपर्ने बताए ।
गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय तथा संघ–संस्थाले विविध कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्छन् ।