Jilla Ban Notis

समाजका जातीय र वर्गीय विभेदहरु अन्त्य नहुदासम्म समाजमा समृद्धि हुदैन ः अधिकारी

0 44

कृष्ण ढकाल

बर्दघाट,कार्तिक–८

समाजका जातीय र वर्गीय विभेदहरु अन्त्य नहुदांसम्म हाम्रो समाजमा समृद्धि हुन नसक्ने लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । उहांले वर्षौं देखि मद्येशका नेताहरुले मद्येशका नागरीकहरुलाई भोटबैंकका रुपमा मात्र प्रयोग गरेका कारण मद्येशका जनताहरुमा कुनै परिवर्तन आउन नसकेको उहांले बताउनु भयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतापपुर गाउँकमिटीले आयोजना गरेको बिजया दशमी शुभ दिवाबली तथा छ्ठको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अधिकारीले उक्त कुरा बताउनु भएको हो । त्यस्तै उहाले नेकपाको सरकारले पहिले देखि नै दिर्गकालिन महत्वका बिकासमुखि कार्य गर्दै आएको बताउदै अहिले  तिनैैतहका सरकार मार्फत विकासको लहरसुरु गरेको बताउनु भएको थियो ।

स्थानियरुपमा विकासका कुरा गर्दा नवलपरासीको प्रतापपुरक्षेत्रमा नेपाली कान्ग्रेस लगाएतका अन्य दलहरुले सधै उखुमा राजनीती गरेर आफ्नो पद र प्रतिष्ठा मात्र बचाउने खेल गरेको उहांको भनाई रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य तारा सिंन थापा ,गणेश प्रसाद पोखरेल ,हेमा हरिजन ,राजेस थापा रास्ट्रिय युवा संघ पश्चिम नवलपरासीका संयोजक युवराज डुम्रे ,अनेरास्ववियु पश्चिम नवलपरासी का संयोजक शुसान्त घिमिरे लगायतले सो कार्यक्रममा बोल्दै नवप्रवेशीलाई स्वागत गर्नुका साधै पार्टीको जिम्मेवारीलाई पुरा गर्दै समाज परिर्वतनमा लाग्न आग्रह गरेका थिए । त्यसैगरी उनीहरुले अब समाजलाई समृद्धि तर्फ लैजानका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिम्मेवारी भएकाले त्यस तर्फ केन्दी्रत हुन आग्रह गरेका थिए ।

कार्यक्रममा नवप्रवेशीको तर्फबाट बोल्दै राम अवतार हरिजनले ठूलो आश गरेर आफूहरु पार्टी प्रवेश नगरेको बताउदै आफूहरु केही योगदान गर्न प्रवेश गरेको बताएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका थिए । नेपाल कम्युनिस्ट पाटी नेकपा प्रतापुर गाउँ कमिटी अध्यक्ष अनुग्रह यादवको अध्यक्षता लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमको संचालन पार्टीका जिल्ला कमिटी सदस्य इश्वरि घिमिरेले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.