sunwal

युवा जागरण अभियानले नवलपरासीका स्थानिय तहहरुमा संयोजक नियुक्त गर्यो ।

बर्दघाट नगरपालिकाको संयोजकमा मुक्ती तिवारी नियुक्त

100

बर्दघाट, असोज–८

युवा जागरण अभियानले देशै भरी संगठ्न बिस्तारलाई तिब्रता दिएको छ।अभियानले केन्द्र ,प्रदेश र स्थानिय तहहरुमा चरबद्द रुपमा आफ्नो कार्यसमिति बिस्तार गरेको हो।सोही क्रममै अभियानले पश्चिम् नवलपरासीका स्थानिय तहहरुमा पनि अभियान संयोजक नियुक्त गरेको छ।

सस्थाले बर्दघाट नगरपालिकाको संयोजकमा मुक्ती तिवारी ,प्रतापपुर गाउपालिका संयोजकमा घनश्याम यादव,सुस्ता गाउपालिका संयोजकमा तारा न्यौपाने, रामग्राम नगरपालिका संयोजकमा ओमप्रकाश यादव,पाल्हिनन्दन गाउपालिका संयोजक शिव कुमार गुप्ता,सुनवल नगरपालीका संयोजकमा निर्दोष बस्याल र सरावल गाउपालिका संयोजकमा मोहम्मद इजहार शेषलाई नियुक्त गरेको छ।

युवा बर्गमा भएको राजनैतिक बितृष्णालाई कम गराउने र सिपमुलक तालिम सहित ब्यवसायिक दक्ष जनशक्ति उत्पादन गरि स्वदेशमै रोजगारिको अवसर सिर्जना गर्ने सस्थाको मुल उदेश्य रहेको युवा जागरण अभियान पश्चिम् नवलपरासीका संयोजक झविन्द्र ज्ञवालिले बताए।

हालै मात्र संगठन बिस्तार गरिएको उक्त सस्थाको केन्द्रिय अध्यक्षको रुपमा ई।चिन्तन पौडेलले नेतृत्व गरेका छन। नव नियुक्त संयोजकहरुलाई अध्यक्ष पौडेलले सस्थाको उदेश्य र मर्म अनुरुप काम गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन।